शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

हाजिर गरेर हराउँछन् वीरका डाक्टर

बिहीबार २४ श्रावण, २०७५ गोर्खालि न्युज 1532



शीतलपाटीन्युज डटकम।

काठमाडौं - वीर अस्पतालका अधिकांश डाक्टर दिउँसो १ बजेपछि अस्पतालमा भेटिँदैनन् । 

नियमअनुसर उनीहरु साँझ ५ बजेसम्म अस्पताल बस्नुपर्ने हो । यसैको लागि सरकारले १ सय ५० प्रतिशतसम्म अतिरिक्त तलब पनि दिने गरेको छ । आजको कान्तिपुरको पृष्ठ ५ मा यो समाचार छापिएको छ ।

एक कर्मचारीका अनुसार, डाक्टरहरु बिहान ९ बजे डिजिटल हाजिर गरेपछि दिउँसोको खाजा खाने समय बाहिर निस्कन्छन् र ५ बजे आएर हाजिर गर्छन् । कोहीचाहिँ बिहान ९ बजे हाजिर गरेपछि एकैचोटि बेलुकी ५ बजे हाजिर गर्न आइपुग्छन् । अझ केही त बिहान हाजिर गरेपछि बेलुकी हाजिर गर्न पनि फर्किंदैनन् । 

यस्ता डाक्टरमध्ये केहीचाहिँ दिनभर नै अस्पताल वरिपरिकै निजी स्वास्थ्य संस्थामा व्यस्त रहने स्रोतको दाबी छ । 

समाचारमा लेखिएको छ, स्वास्थ्य मन्त्रालयबाट लिखित इजाजत लिएर मात्रै बाहिर काम गर्न सकिने कानुनी व्यवस्था भए पनि वीरका केही डाक्टरले यसको पालना गरेका छैनन् । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?