बुधबार १३ आश्विन, २०७८ (Wednesday September 29, 2021)

बुधबार २३ श्रावण, २०७५ गोर्खालि न्युज 1444



शीतलपाटीन्युज डटकम।

काठमाडौं : एसियाड र साफ च्याम्पियनसिपको तयारीका लागि थाइल्यान्डमा रहेको नेपाली युवा फुटबल टोली पहिलो अभ्यास खेलमा पराजित भएको छ। मंगलबार भएको खेलमा नेपाल थाइल्यान्डको स्थानीय पुलिस टोरो क्लबसँग १–० गोलले पराजित भयो।

३९औं मिनेटमा विपक्षीको प्रहार बचाउने क्रममा नेपालका आदित्य चौधरीको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो। त्यसपछि गोल फर्काउने नेपालको प्रयास सफल बन्न सकेन। नेपालले शुक्रबार थाइल्यान्डको यू–२३ टोलीसँग अर्को अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपाली टोली इन्डोनेसिया जानेछ।

अगस्ट १८ देखि इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुद (एसियाड) र त्यसलगत्तै बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली थाइल्यान्डमा छ। एसियाडमा फुटबल खेल चार दिनअघि नै सुरु हुनेछ।

एसियाडमा नेपाल समूह ‘डी’मा परेको छ। समूहमा नेपालसहित जापान, भियतनाम र पाकिस्तान छन्। समूहको पहिलो खेल नेपालले जापानसँग अगस्ट १४ मा खेल्नेछ। समूह चरणको दोस्रो खेल नेपालले अगस्ट १६ मा भियतनाम र अन्तिम खेल १९ मा पाकिस्तानसँग खेल्नेछ।

एसियाडमा यू–२३ समूहका खेलाडी खेल्नेछन्। तीनजना सिनियर खेलाडीसमेत समावेश गर्न पाउने प्रावधानअनुसार नेपालले सिनियर टोलीका रोजाइका गोलरक्षक किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्द र विशाल राईलाई समावेश गरेको छ। रोहित इन्डोनेसियामा व्यावसायिक खेल खेलिरहेकाले उतैबाट सहभागी हुनेछन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?