शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

टेकु ट्रान्सफर स्टेशन भरियो: सिसडोल ल्याण्डफिलमा समस्या, नयाँ विकल्प खोजिदै

बुधबार २३ श्रावण, २०७५ गोर्खालि न्युज 1521



शीतलपाटीन्युज डटकम।

काठमाडौं - फोहोर संकलन गर्ने टेकुस्थित ट्रान्फर स्टेशन भरिएपछि दुर्गन्ध फैलिन थालेको छ । दुर्गन्ध फैलिएका कारण स्थानीयवासीले मंगलबार उक्त स्टेसनमा फोहर खसाल्न अवरोध गरेका थिए । राजधानीबाट संकलित फोहोर उक्त स्टेशनमा राखी सिसडोल लैजाने गरिएको छ ।

अहिले सबै स्थानीय निकायको गल्ली, सडकमा फोहोर थुप्रिएको देखिन्छ । काठमाडौँ र ललितपुर महानगर नै फोहोर उठाउन असमर्थ बनेका छन् । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

लगातार वर्षा परेर फोहोर व्यवस्थापन गर्न समस्या आएपछि कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख हरी कुवरसहितको टोली मंगलबार नुवाकोटको सिसडोल पुगेको थियो । तर फोहोरकै पहिरो जाने खतरा देखिएकाले छिट्टै विकल्प खोजिनुपर्ने कामपाले जनाएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?