बुधबार १३ आश्विन, २०७८ (Wednesday September 29, 2021)

काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

मंगलवार २२ श्रावण, २०७५ गोर्खालि न्युज 1479



शीतलपाटीन्युज डटकम।

काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशका केही भागमा भारी वर्षा हुने मौसमविद्ले बताएका छन्।

जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद विभूति पोखरेलले आज देशभर बदली भई हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको नेपालखबरलाई जानकारी दिइन्।

उनका अनुसार काठमाडौं उपत्यकासहित देशको मध्य भागमा ठूलो वर्षा हुने संभावना छ।

आज विशेषगरी पूर्वी र पश्चिमी क्षेत्रका एकरदुई स्थानमा ठूलो वर्षा हुने संभावना रहेको मौसमविद् पोखरेलको भनाइ छ। हल्का तथा मध्यम खालको वर्षा भने देशभर नै हुने उनले बताइन्।

ठूलो पानी पर्ने संभावना रहेका क्षेत्रका बासिन्दाले भने बाढीपहिरोबाट सतर्क रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

यसैबीच बाढी पूर्वानुमान शाखाले भने हाल देशको कुनै पनि नदीनालाहरुमा खतरातह भन्दा माथि बहाब नरहेको जनाएको छ।

भोलि बेलुकीसम्म खतरा तह पार गर्ने संभावना कम रहेको शाखाले जारी गरेको सूचनामा उल्लेख छ।

तर देशैभर हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको संभावना भएकोले स(साना खोलानाला आसपास सतर्कता अपनाउन आग्रह गरिएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?