सोमबार ३ कार्तिक, २०७७ (Monday October 19, 2020)

ट्याक्टर दुर्घटनामा एक युवकको मृत्यु

शुक्रबार १८ श्रावण, २०७५ गोर्खालि न्युज 1290



शीतलपाटीन्युज डटकम।

पर्वत –फलेवास सडकखण्ड अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा भएको टयाक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

किराना सामान बोकेर पर्वतकै फलेवास नगरपालिका – २ थापाठानाका लागि गुडेको ग १ त २८२२ नाम्बेरको ट्याक्टर गायत्री भन्ने स्थानमा आज दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा परी बागलुङको बागलुङ नगरपालिका–१३ बलेवाका १६ वर्षीय कमल नेपालीको मृत्यु भएको छ । मृतक नेपालीको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।

दुर्घटनामा परी घाइते भएका सोही ठेगानाका २१ वर्षीय विवेक नेपालीको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ । ट्याक्टरका चालक बागलुङ नगरपालिका–१३ कै २९ वर्षीय डोलेन्द्र नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘ओभर लोड’ सहित तीव्र गतिमा रहेको ट्याक्टरको घुम्तीमा पुग्दासमेत गति नियन्त्रण नभएपछि सडककै नालीमा पल्टिएको थियो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?