शनिबार २९ जेष्ठ, २०७८ (Saturday June 12, 2021)

पोखरा तालचोकमा गैचिको बिंडले हानेर श्रीमतीको हत्या

मंगलवार १५ श्रावण, २०७५ गोर्खालि न्युज 1387



शीतलपाटीन्युज डटकम।

पोखरा । पोखरा तालचोकमा एक व्यक्तिले गैचिको बिंडले हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

पोखरा लेखनाथ महानगरपालिका २७ तालचोक बस्ने  ६३ बर्षीय  कमल कुमालले ५५ बर्षीया श्रीमती सुन्तली कुमालको गैचिको बिंडले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरि घरायसी झगडामा श्रीमान कुमालले  कुटपिट गर्दा श्रीमती सुन्तली कुमालको मृत्यु भएको प्रहरी नायब  उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए । प्रहरीका अनुसार कुटपिट पछी गम्भीर घाइते भएकी कुमालको  उपचारको क्रममा सोमबार दिउसो करिब साढे दुई बजे सामुदायिक अस्पतालमा  मृत्यु भएको हो।

घटना पश्चात कुटपिट गर्ने कमल कुमाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?