सोमबार १४ श्रावण, २०७५
२६ जुलाई,अकस्फोर्ड ।विश्व अपाङ्ग दिवशमा भाग लिनु वेलायत आइपुग्नु भएको वालवालिका महिला तथा जेष्ठ नागरिक मन्त्री थममाया थापासंग वेलायत अक्सफ़ोर्डको काउलीस्थित स्थानिय नेपाली समुदायविच भेटघाट भएको छ l प्रवाशी नेपालि मंच वेलायतले आयोजना गरेको उक्त स्वागत कार्यक्रममा माननीय मंत्री लगायत वाग्लुग क्षेत्र न: १ का सघीय सासंद मा श्री सुर्य प्रसाद पाठक,समन्धित मन्त्रालयका सहसचिव राधिका अर्यालको भ्रमणदल कार्यक्रममा आइपुग्नु हुँदा स्थानीय महिला प्रतिनिधिहरु जानुका काम्वाङ्ग लिम्वु तथा ललिता पौडेलले खादा साथै फूलगुच्छा अर्पण गरी स्यागत गरेको थिए l प्रवाशी नेपालि मंच वेलायतका अध्यक्ष श्री राजेन्द्र वुढाथोकीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन महासचिव श्री विजयविक्रम लिङ्गदेनले गर्नु भएको थियो l छोटो समयभित्र आयोजना भएको र उक्त समयमा अधिकाश काम हुने भएतापनि उल्लेखीयरुपमा भेला भएका अधिकांश नेपालीहरुले दोहोरो नागरिकता,नेपाल भएको आफ्नो चलअचल सम्पतिको भोगचलनको अधिकार र गोरखा समस्यामा नेपाल सरकारले खेलिदिनु पर्ने भूमिकाको वारेमा चासो राखेका थिए l प्रतिउत्तरमा संसद पाठकले हाल देशको अवस्था ,सामाजिक परिस्थिति र जारी सविधानले प्रवाशी नेपालीहरुलाई गरेको व्यवस्थाको वारेमा व्याख्या गर्नु भएको थियो भने मा. मंत्री ज्युले प्रवाशी नेपालीहरुको हकअधिकार समवन्धमा राजनैतिक अधिकार वाहेक अन्य सवै हकअधिकार जारी सविधानले वचाव गरेको र अव सविधानको मर्मअनुसार कानुन वनाएर कार्यान्वन गरिने वताउनु हुदै गोरखा समस्या समाधानकोलागी आफु स्वादेश फिरेपछि वुझेर सहयोग पुराउने वचन दिनु भयो l अनत्यमा प्रवाशी नेपालीहरुको शिप र आर्थिक लगानीलाइ देश विकाशमा लगाउन अनुरोध गर्नु भयो l
( शंकर राइ)