सोमबार १७ आश्विन, २०७९ (Monday October 03, 2022)

वटु भद्रकाली मन्दिरको पुनःनिर्माण शुरु

सोमबार १४ श्रावण, २०७५ गोर्खालि न्युज 1575



शीतलपाटीन्युज डटकम।

काठमाण्डौ । भूकम्पका कारण पूर्णरुपमा क्षति भएको वटु भद्रकाली मन्दिर पुनः निर्माणका लागि आज शिलान्यास गरिएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर २२ स्थित उक्त मन्दिरको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्दै गोर्खा भूकम्पका कारण कामपाभित्र क्षति पुगेका सबै सम्पदाहरुको पुनःनिर्माणमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कामपाका उपप्रमुख हरिप्रभा खड्गीले सम्पदा पुनःनिर्माणमा सबैको चासो रहेको भन्दै समयतालिका बनाएर काम शुरु गर्नुपर्नेमा जोड दिनुभयो । एक वर्षभित्र निर्माणको कार्य सक्नेगरी शिलान्यास गरिएको उक्त मन्दिर निर्माणका लागि रु एक करोड २० लाख बजेट विनियोजन गरिएको छ । प्रताप मल्लको पालामा निर्माण भएको उक्त मन्दिरसँगै अन्य धेरै ऐतिहासिक सम्पदामा भूकम्पले क्षति पुगेको थियो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?