आईतवार २ माघ, २०७८ (Sunday January 16, 2022)

एनआरएन ११ औं युरोप क्षेत्रीय बैठकको लक्जेम्बर्गमा उद्घाटन

आईतवार १३ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम। 1587



शीतलपाटीन्युज डटकम।

गैर आवासीय नेपाली संघको ११ औं युरोप क्षेत्रीय बैठक तथा ९ औं युरोप क्षेत्रीय महिला बैठक लक्जेम्बर्गमा सुरू भएको छ।

जुलाई २९/३० तारिक हिल्टन होटलमा चल्ने  उक्त सम्मेलनको आइतबार लक्जेम्बर्गको हिल्टन होटलमा आयोजित समारोहमा उद्घाटन गरिएको छ।

नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र लक्जेम्बर्गका शिक्षा युवा तथा बालबालिकामन्त्री कलाउदे मेइस, नेपालका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले र एनआरएन अध्यक्ष भवन भट्टले   संयुक्त रूपमा दीप प्रज्वलन गर्दै बैठकको  उद्घाटन गरेका हुन्।

एनआरएन युरोप क्षेत्रीय संयोजक शिव कुमार बरुवालको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा एनआरएन अध्यक्ष भवन भट्ट, पूर्वअध्यक्ष तथा संरक्षक जीवा लामिछाने, नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप  ज्ञवाली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नयाँ शक्तिकी हिसिला यामी, सांसदद्वय सूर्य पाठक, राम कुमारी झाँक्री, बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापा लगायतले शुभकामना मन्तव्य दिएका थिए।

त्यसैगरी कार्यक्रममा बेल्जियमका शिक्षा युवा तथा बालबालिका मन्त्री कलाउदे मेइसले पनि शुभकामना मन्तव्य दिएका थिए। लक्जेम्बर्गका प्रधानमन्त्री जेभियर बेटेलले शुभकामनाको भिडियो सन्देश पठाएका थिए।

'युरोपियन एनआरएनको प्रतिबद्धता, नेपालमा ज्ञान सीप र लगानी' भन्ने नाराका साथ सुरू भएर दुई दिनसम्म चल्ने युरोप सम्मेलनमा नेपालमा आर्थिक लगानीको साथै ज्ञान सीप स्थानान्तरण गर्ने तथा नेपालमा पर्यटन प्रवर्द्धन गर्ने लगायतका विषयमा छलफल हुनेछ।

 

सम्मेलनमा एनआरएनको कार्य समिक्षा गर्नुका  साथै एनआरएनमा नयाँ पुस्ताको सहभागिता, प्रवासमा नेपाली भाषा संस्कृतिको जगेर्ना, युरोपका नेपालीको समस्या र समाधान, नागरिकताको निरन्तरता लगायतका विषयमा छलफल हुने कुरा संघको सम्मेलन कार्यतालिकामा बताइएको छ।

युरोप क्षेत्रबाट एक अर्ब रुपैयाँ बराबरको लगानी नेपाल भित्र्याउने लक्ष्य समेत यो सम्मेलनको रहेको छ।

सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, नेपाल सरकारका कुटनीतिक अधिकारी नेपाल तथा युरोपका व्यवसायी, संचारकर्मी, साहित्यकार  लगायतका व्यक्तिहरूको सहभागिता रहेको छ।

कार्यक्रमको दौरान नेपाली सांस्कृतिक कार्यक्रम तथा नेपालको पर्यटन प्रवर्द्धनका दृश्य सामग्रीहरू समेत प्रस्तुत गरिने छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?