शुक्रबार २७ श्रावण, २०७९ (Friday August 12, 2022)

वार्षिक १२ करोड बुझ्छन् काठमाडौं महानगरका जनप्रतिनिधि

शुक्रबार ११ श्रावण, २०७५ गोर्खालि न्युज 1590



शीतलपाटीन्युज डटकम।

काठमाडौं - काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा जनप्रतिनिधिको तलब शीर्षकमा मात्रै करिब १२ करोड रुपैयाँ विनियोजन गरेको छ ।

उनीहरुको सुविधाका लागि नौ करोड २६ लाख रुपैयाँ विनियोजन गरेको छ । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो समाचार छापेको छ । 

सुविधाअन्तर्गत टेलिफोन, उपचार खर्च, पोसाक, दुर्घटना बिमा र खाजाखर्च रहेको छन् । 

महानगरमा करिब १८० जना जनप्रतिनिधि छन् । कर्मचारी तलब सुविधामा ७७ करोड ५७ लाख रुपैयाँ विनियोजन गरिएको छ । 

त्यस्तै, कर्मचारी ओभरटाइम भत्ताबापत ७५ लाख रुपैयाँ छुट्याइएको छ । 

त्यस्तै, सल्लाहकारलाई तलब र पारिश्रमिक बापत ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । विकास निर्माणको पाटोलाई थाती राखेर कामपाले सल्लाहकारलाई मात्र यति धेरै रकम विनियोजन गरेको हो । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?