आईतवार २ माघ, २०७८ (Sunday January 16, 2022)

फेवातालमा शव भेटियो

शुक्रबार ११ श्रावण, २०७५ गोर्खालि न्युज 1241



शीतलपाटीन्युज डटकम।

पोखरा - पोखराको  ड्यामसाईड स्थित कृयापुत्री भवनको नजिक फेवातालमा तैरीएर रहेको अबस्थामा एक अर्धवैसे पुरुषको बिहिबार शव भेटिएको कास्की प्रहरीले जनाएको छ ।

अन्दाजी ५ फिट पाँच इन्च उचाई भएको, गहुँगोरो, सेतो टिसर्ट र निलो कमिज लगाएको अबस्थामा प्रहरीले शव भेटेको हो । स्थानियले प्रहरीलाई खबर गरेसंगै प्रहरीले शव निकालेर हाल पोष्टमाटमको लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा लगिएको कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. रबिन्द्रमान गुरुङले बताए ।

पोष्टमाटमको रिपोर्ट पछि उक्त घटनाको बारेमा थप जानकारी हुने उनले बताए । हालसम्म उक्त शव सनाखत हुन सकेको छैन । उक्त शव धेरै दिन देखि फेवातालमा रहेको हुनाले दुर्रगन्ध समेत आएको स्थानियले बताए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?