आईतवार २ माघ, २०७८ (Sunday January 16, 2022)

ट्रान्समिटर पड्किँदा पर्वतमा ६ जना घाइते

बुधबार ९ श्रावण, २०७५ गोर्खालि न्युज 1198



शीतलपाटीन्यूज डटकम
 

पर्वत-पर्वतको मोदी गाउँपालिका–५ बाजुङको खोलाखेतमा ट्रान्समिटर पड्किँदा ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठका अनुसार घाइते हुनेमा स्थानीय यामबहादुर परियार, रुपा परियार, मनिषा परियार, पुतली परियार, ममता परियार, विमल परियार हुन् । उनीहरुको टाउको, हात र खुट्टामा चोट लागेको छ ।

घाइतेलाई उपचारका लागी जिल्ला अस्पतालमा  ल्याइएको भए पनि उपचार हुन नसकेपछि मणिपाल शिक्षण अस्पताल पोखरा लगेर उपचार भइरहेको छ । ट्रान्समिटर पड्किएर देउपुरका पाँच घरमा समेत क्षति भएको छ । उक्त घटनापछि नेपाल विद्युत् प्राधिकरण र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गएको छ ।

ट्रान्समिटर पड्किएपछि उक्त क्षेत्रमा विद्युत् सेवासमेत अवरुद्ध भएको छ । अवरुद्ध विद्युत् सेवा सुचारु गर्नका लागि नयाँ ट्रान्समिटर परिवर्तन गर्न पहल भइरहेको नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले जनाएको छ ।

शेयर




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?