आईतवार २५ श्रावण, २०७७ (Sunday August 09, 2020)

गणतन्त्रको १२ बर्षमा कसरि मच्चाए तीन दलले लुटतन्त्र

मंगलवार ९ बैशाख, २०७७ गोर्खाली न्युज - दिपक गैर 1748


गणतन्त्रको १२ बर्षमा कसरि मच्चाए तीन दलले लुटतन्त्र

२०४६ सालमा पंचायती व्यवस्थाको अन्त  पश्च्यात हामीले बिगत ३० बर्षमा बहुदलिय प्रजातन्त्र (१९/०४/१९९०-२८/०५/२००८) र संघिय लोकतान्त्रिक गणतन्त्र (२८/०५/२००८-अहिलेसम्म) गरि दुइ व्यवस्थालाइ भोगेका छौ। यो ३० बर्षको दौरान  ६ वटा प्रधानमन्त्री फेरिनु पर्नेमा २५ पटक प्रधानमन्त्री फ़ेरियछन। देशले १२५ बर्षमा पाउने प्रधानमन्त्रिको संख्या हामीले ३० बर्षमा नै पाएछौ। अझ संघिय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाको १२ वर्षको अवधिमा हामीले तीन वटा प्रधानमन्त्री पाउनु पर्ने अवधिमा ११ पटक प्रधानमन्त्री फ़ेरिएछन।

बिगत १२ वर्षको नेपाली राजनीतिमा बाहिरी रुपमा हेर्दा एमाले, कांग्रेस र एकीकृत माओबादि गरि ३ वटा पार्टी ठुला जस्तो देखिय पनि यी तीन वटै पार्टी एउटै पार्टीको उपशाखा मात्र हुन् भन्ने कुरा स्पस्ट भएको छ। हरेक चुनावमा यिनी ठुला पार्टी एक अर्काको प्रतिस्प्रधी या  दुस्मन जस्तै रहेको नाटक मन्चन गरेर नेपाली जनतालाइ बखुबी झुक्याउन सफल भएका छन्।

माक्स्बाद, लेनिनबाद, कम्युनिजम, प्रजातान्त्रिक, सोसियालिजम, क्यपिटालिजम, लेफ्ट विङ्ग्स, राइट विङ्ग्स जे जे भने पनि सत्ताको घिनौना खेलमा यिनीहरुमा "नैतिकता", "सिधान्त" वा "बाद" आदि कुरा कहिले पनि मिल्न परेन। बिगत १२ बर्षमा तिनै वटा पार्टीले एक अर्का संग मिलेर लगभग सबैको प्रधानमन्त्री बन्ने पालो पुराए।

१- पहिलो संबिधान सभाको चुनाव पछि २०६५ भदौ २ गते एकीकृत माओबादिबाट प्रचण्डको नेत्रित्वमा बनेको सरकारमा एमाले बाट बामदेब गौतमको नेतृत्वमा सहभागी भयो।

२- प्रचण्ड पछि ११ जेष्ठ २०६६का दिन एमालेका माधव नेपालले प्रधानमन्त्री बन्ने रहर पुरा गरे यति बेला उनलाई सुजाता कोइरालाको नेतृत्वमा कांग्रेसले बुइ बोक्यो।

३- २३ माघ २०६७ मा एमालेबाट झलनाथ खनालले पनि एकीकृत माओबादिका कृष्ण बहादुर महराको नेतृत्व बाट आएको टिमको सहयोगले प्रधामन्त्रीको लिस्टमा आफ्नो नाम लेखाए।

४- १३ फाल्गुन २०७० मा नेपाली कांग्रेसका शुशिल कोइराला प्रधानमन्त्री बने र यस पल्ट उनलाई सहयोग गर्न एमालेले बामदेवको नेतृत्वमा सरकारमा आफ्नो टिम पठायो।

५- २५ असोज २०७२ मा एमाले बाट के पी वलीको नेतृत्वमा सरकार बनाउन एकीकृत माओबादिले टोप बहादुर रायमाझीको नेतृत्वमा सहयोग गर्यो।

६- त्यस्तै २० श्रावन २०७३ मा प्रचण्डले प्रधानमन्त्रीको स्वाद दोश्रो पटक लिन सफल भए र यस पल्ट कांग्रेसले बिमलेन्द्र निधिको टिम पठाएर सहयोग गर्यो।
    
७- २४ जेष्ठ २०७४ मा कांग्रेसका शेर बहादुर देउबा चौथो पटक प्रधानमन्त्री भए र उनलाई एकीकृत माओबादिले कृष्ण बहादुर महराको टिम पठाएर सहयोग गर्यो।

८- ३ फाल्गुन २०७४ मा एमालेका के पी वली प्रधानमन्त्री बन्न माओवादीले सहयोग गरे र केहि समय पश्च्यात दुवै पार्टी एकीकरण गरि नेपाल कम्युनिस्ट पार्टी बनाए।

यसरि बिगत १२ बर्ष देखि यिनै ३ वटा दल मिलेर कहिले एउटा त कहिले अर्को सत्तापक्ष बने। पालै पालो सत्तापक्ष र प्रमुख प्रतिपक्ष बनेर देशमा बिध्वन्स नै गर्दा पनि जनताको चेतनाको स्तर कहिले बढेन। कार्यकर्ता र जनतालाइ तीन वटा पार्टी कम्पनि खोलेर लड्नमा ब्यस्त गराई  सबै नेता मिलेर ब्रम्हलुट गर्दा पनि जनताले भ्याउ पाएनन।

कहिँ कतै पत्रकार वा सचेत नागरिकले भ्रस्टाचारको पर्दाफास गर्दछन। त्यो भ्रस्टाचारको भुमरीमा तीनै वटा पार्टीका नेता मुसिंछन, अनि तै चुप मै चुप गरेर घटना हरेक पटक सेलाउछ। कथम कथाचित अनुसन्धान भए पनि या त भ्रस्टचारी अदालत बाट बेकसुर ठहरिन्छ वा भ्रस्टाचारको रकम फिर्ता गरेर चोखिन्छ।

एउटा अबोध बालिकाले चकलेटको मोहमा आफु माथि भएको बलात्कारलाइ लुकाएर चकलेटमा खुसि हुन्छिन, त्यसै गरि यी तीन दलका नेता, ठेकदार, कार्यकर्ताले स्वाहा बनाएर जनता सम्म नपुग्ने बजेट र विभिन्न भत्ता रुपी चकलेट दिएर पालैपालो देश र जनता माथि बलात्कार गर्दै आएका छन्।

जसरि जहानिया राणा शाषणमा जनता सचेत हुन्छन भनि शिक्षा बाट बन्चित गर्दथे अहिले निरंकुस यी दलहरुले देशलाइ गरिबी, बेरोजगारीको भुमरीमा राखेका छन्। यसबाट युवा वर्ग परिवारको जिविका पालन गर्न संघर्ष गर्नु पर्ने, बिदेशिनु पर्ने बाध्यताको प्रत्यक्ष फाइदा निरंकुस दलहरुलाइ पुग्न गएको छ। बहुसंख्यक सचेत वर्गलाइ विदेशमा राखेर चुनाव गर्दा एका तर्फ निरुन्कुस्ताको बिरोध गर्ने अगुवा क्रान्तिकारी जन्मने भय पनि भएन, अर्को तर्फ गरिब, पिडित, निरिह वर्गलाइ झुटो आश्वाशन दिइ  मत किनेर चुनाव जित्न पनि सजिलो हुने भयो।

चुनावको अघिल्लो दिनसम्म हाम्रो ढोकामा हात जोडेर आउने नेता चुनाव पछि गृह जिल्ला फर्किन चाहन्न। चुनावमा रक्सि, मासु र भातको भतेर गर्ने पार्टी आज महामारीले जनता भोकै मर्दा सुइँको पनि पाउदैन। चुनावमा छ्याप्छ्याप्ती फाल्दै हिड्ने प्रचारका टि सर्ट, टोपी र ब्यानरको सट्टा सडकका नाङ्गा बालकलाइ लगाउने लुगा हुन्छ कि भनेर कुनै दलले सोचेनन। मरेको खबर पाए पछि लास माथि पार्टी को झण्डा ओडाउने नेताले बिरामी हुदा ओखति बोकेर आउन कहिल्लै चाहेन।

पार्टीको आँखालाइ त्यागेर एउटा निश्छल आँखाले हेर्न सक्ने हो भने सबै कुरा पारदर्शी छ। चुनावमा हामी संगै हिड्ने एउटै थालमा भात खाने  हजार नेता कार्यकर्ता भए पनि भोकै मर्दा आफ्नो एक गास दिने यहाँ कोहि छैन। कुनै दल वा नेताले पाए हामिबाट लिन सक्छन तर केहि देलान कि भन्ने सोच्न पनि बेकार छ। आखिर पाउनु केहि छैन त यो दल र नेता प्रति अन्धभक्त हुनु के का लागि ?

अब पनि नेपाली जनताले यी पार्टीको खेललाइ बुझ्न नसक्ने हो भने यी सामन्तीहरुले यसरि नै हामी माथि राज गरि रहनेछन। आज जन्म दिनमा केक बोक्न हेलिकप्टर चाहिएको छ, भोलि बिहान-साझ खाना खान हेलिकप्टर प्रयोग हुनेछन। हिजो एउटा राजा थिए र जनता रैती तर अब सयौ नया राजा जन्मिदैछन भने जनता दास बनेका छन्। अब पनि हामी जागेनौ भने आज सम्म शान रहेको हाम्रो नेपाली पहिचान भोलि छिट्टै लाजमा बदलिनेछ।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?