मंगलवार २ बैशाख, २०७७
कोरोना ले विश्वभरि तनाब फैलाउदै गर्दा आज सम्पूर्ण देशहरुको ध्यान एकातिर मानबिय क्षेती रोक्ने तर्फा केन्द्रित छ भने अर्को तर्फ़ आर्थिक गतिविधिलाई पनि सम्हाल्नु पर्ने जिम्मेवारी छ । संसार भरि का देश हरु लकडाउन , क्वॉरन्टीन , एकांतबास ले गर्दा मानबिय जीवन आफ्नो बचाव गर्न घरमा बन्धक बनेको छ, अफिस हरु घरायेसी बनेका छन्, कर्मचारी हरु गैरहाजिरी छुट्टी मा बसेका छन्, पसल हरु सबै इ कमर्स उन्मुख छन्। बेलायत जस्तो सबल र मजबूत अर्थतन्त्र भएको देश मा अचनाक ब्रेकजीट को दुरगामी प्रभाव भन्दा कोरोना भाईरस ले उत्पन्न अल्पकालीन एबम दिर्घकालिन अस्थिरता अहिले बढी गंभीरता र चासो को बिषय छ ।
एकातिर राज्य लाई अर्थतन्त्र सम्हाल्ने चटारो छ भने आम पब्लिक लाई रोजगारी, आम्दानी , क्रेडिट कार्ड को बिल, मोरगेज को किस्ता, लगाएत नियेमित खर्च को पिरलो छ , अनि ब्यापारीहरु लाई बिक्री, आमदनी, कर्मचारीहरु को तलब, बिजीनेस रेट, पसल भाडा लगाएत का नियेमित बिल भुक्तान गर्नुपर्ने बाध्यता छ । बेलायेत सरकारको बिजीनेस सपोर्ट पैकेज अन्तर्गत कर छुट , बिजीनेस रेट छुट, नगद अनुदान, सरकार जमानत बसेर बिना धितो लोन , कर्मचारी रीटेन्शन को लागि अस्सी प्रतिशत सम्म को ज्याला भुक्तानी आदि ले केहि सकारात्मक आकस्मिक टेवा पुर्याएको छ। यद्यपि तिन महिना सम्म भनिएको यो राहत ले कोभिड १९ को लामो अन्योलका माझ कहिलेसम्म टिकिरहने बल पुर्याउला भन्ने कुरामा व्यवसायीहरु पूर्ण बिस्वस्त हुन सकेका छैनन् । यसको मूल कारण सरकारी राहत को नीति ले केहि बिल हरु भुक्तान गर्न सम्भव होला, तर लामो समय बिना आम्दानी बसिरहन , एबम सिमित रुपमा संचालित व्यापार हरु लाई अतिरिक्त खर्च वहन गर्न गारो हुने डर धेरै ब्यापारी हरु मा देखिन्छ । अंततः नतिजा समस्या मा परेका, केहि समय देखि घाटा बहन गर्दै आएका केहि बिजिनेस हरु बन्द हुने सम्भावना रहन्छ ।
बिसिनेस सेक्टर मा कोभिड १९ ले उत्पन्न मुख्य चुनौतीहरु :
कोभिड १९ ले प्रतक्ष्य अप्रतक्ष्य रुपमा साना मझौला देखि ठुला व्यपार तथा ब्यापारीहरु लाई धेरै अनिश्चितता, अस्थिरता र क्रमभंगता को परिबेस सिर्जना गरेको छ । मार्च २३ तारिख देखि बेलायेत सरकर ले कोरोना को बढ्दो प्रकोप लाई रोक्न लकडाउन सुरु गरे संगै अत्यावश्यक को सुची मा पर्ने बिसिनेस हरु मात्र खुलेका छन् । सुपरमार्केट , अफलाईसेन्स ( किराना ), फार्मसी, पेट्रोल स्टेशन , बैंक टेकअवे रेस्टरान्ट लगाएत अन्य केहि सुचिकृत बिसिनेस संचालन मा छन् ।अर्को तर्फ़ अनिबार्य नभनियेका क्याफे , पब , नाइट्क्लब, ब्यूटी सलून, एबम रिटेल शप हरु जस्तै सबै बन्द छन् । प्रायः सबै हाइ स्ट्रीट रिटेलर हरु ऑन्लाइन प्लैट्फॉर्ममा सिमित छन् । धेरै कर्मचारी हरु सरकार को जब रीटेन्शन नीति अन्तर्गत फर्लो मा राखिएका छन्।
संचालन मा रहेका व्यापार हरु लाई कर्मचारी को अभाव खट्किने, वा सप्लाइअर को तर्फ़ बाट आपूर्ति मा अपर्याप्तता रहने गरेको ब्यापारीहरु को गुनासो छ। समान को ढुवानी र उत्पादन मा आएको कमि ले धेरै बिजनेस हरु ग्राहक को पूर्ण माग पूर्ति गर्न समस्यामा परेका छन् । यो बाहेक सरकार को मापदण्ड अनुसार को पब्लिक सेफ्टी मर्यादा पालन गर्न थप हाइजीन सामग्री को ब्यबस्था , ग्राहक सुरक्षाको लागि ६ फीट दुरी राख्ने नियम को जटिलता पनि येथावत छ । साथै राहत ले साना तथा मध्यम स्तर का व्यापार हरु लाई आपरेशनल खर्च हरु भुक्तान गर्न केहि टेवा पुग्ला, तर तेस्ले आय वा मुनाफा वृद्धि हुदैन ।
होम ओफ़िस कत्तिको सहज छ?
घर बाट अफिस को काम संचालन गर्नको लागि समुचित बातावरण , उपयुक्त साधन स्रोत जुटाउने उपाए को कमि, टेक्नोलोजी अपग्रेड गर्नु पर्ने झन्झट, रिमोट संचालन को लागि जानकारी को अभाब ले होम ऑफिस सुरुमा केहि कष्टकर भएपनि सहि ब्यबस्थापन ले धेरै हद सम्म अपूर्ण काम हरु सम्पन्न गर्न सम्पूर्ण टीम को लागि फलदायी बनेको छ ।
कुन कुन क्षेत्र बढी मार मा छन्?
कोभिड १९ को कहरले बिशेष गरि टुरिज़म क्षेत्र , ट्राभल क्षेत्र , होटेल क्षेत्र , शेयर बाजार, फार्मसूटिकल क्षेत्र , मनोरंजन तथा लाइभ स्पोर्ट्स लगाएत का धेरै क्षेत्र निकै ठुलो मारमा छन् । केयर होम हरु अपर्याप्त कर्मचारी को बढ्दो चाप ले ग्रषित छन् । प्रोडक्शन र उत्पादन क्षेत्र, निर्माण तथा औद्योगिक क्षेत्र मुख्यतः बन्द छन् या सिमित रुपमा संचालित छन् । अनलाइन उपस्तिथी नभएका धेरै व्यवसायीहरु लाई यो स्तिथि ले प्रगतिशील र इ कमर्स रेडी हुनु पर्ने झट्का दिएको छ ।
चुनौती को बीच मा अवसर हरु के के छन्?
यस बिपरित यो परिवेश ले केहि बिजिनेसहरु फस्टाउने क्रममा छन् ।सारा बिश्वो क्वॉरन्टीन मा या त लकडाउन बस्नु पर्ने बाध्येताले गर्दा घर बाट धेरै बिजिनेस हरु संचालित छन्, कर्मचारी लाई पनि घर बाट कोभिड १९ को कहरले बिशेष गरि टुरिज़म क्षेत्र नै निर्दशन गर्दै अपूरा कार्येहरु पुरा गर्दै छन् । फलस्वरुप रिमोट कार्यप्रणाली सम्पन्न गर्न मिल्ने सॉफ्टवेयर, भिडियो कान्फ्रन्सिंग एप जूम लगाएत का कम्पनी हरु को माग र स्टक ले अचानक आकाश छोएको छ । तेस्तै लाइफ कभरेज इन्सुरेंस को माग बढेको छ।तेसै गरि घरदैलो मा डेलिवेरी गर्ने सेवाहरु जस्तै टेक आवे फूड , पार्सल, औषधि, ग्रोसरी आदि को व्यापार हवात्तै वृद्धि भएको छ। हताश मा स्टक थुपार्ने उपभोक्ता ट्रेन्ड ले गर्दा सुपरमार्केट हरु को बिक्री मा पनि कुनै ह्वास आएको छैन । डिजिटल कमर्स को क्षेत्र पनि वितरण गर्न संघर्षरत भए पनि माग र खपत दिनानु दिन बढ्दै छ ।
अबको भबिस्य के होला?
कोरोन को यो प्रकोप को रोक-थाम, र नियेंत्रण मात्र अहिले सम्भव छ, जबसम्म यसको पूर्ण निरोध गर्न सक्ने भाक्सीन को विकास हुदैन, यो समस्या कहिले सम्म रहन्छ भन्ने अनुमान लगाउन गारो छ । समग्र मानब जगत अहिले जिबन रक्षा मा केन्द्रित हुदा व्यापार, अर्थतन्त्रमा यसले पारेको समकालीन , दिर्घकालिन असरले आर्थिक मन्दी तर्फ़ लैजाने त्राश भन्दा कति मानविय क्षेती रोक्न सकिन्छ भन्ने कुरा बढी महत्त्वपूर्ण देखिन्छ। । केहि समय ओरालो लागेको आर्थिक क्षेत्र ढिलो चाडो सम्हालिन सक्छ, व्यापार ब्यबसाय फेरि नियमित सुचारु होला। यो भन्दा माथि महामारी ले सबै राष्ट्रहरु लाई एक अर्कासंग हातेमालो गर्ने अवसर प्रदान गरेको छ, आपसी मतभेद र टकराब भन्दा माथि उठेर यो आपत माथि विजय हासिल गर्ने चुनौती प्रदान गरेको छ । साथै भाबिस्येमा यो भन्दा पनि डरलाग्दो परिस्थिथि को लागि आहिले सम्पूर्ण जगत ले नया दृष्टिकोण बाट सोचेर भरपर्दो आपतकालीन तयारी को संयेंत्र बनाउने अवसरको सदुपयोग गर्नु पर्ने देखिन्छ । फलत : व्यवसायीहरु सामान्य परिवेश मा फर्कनु भन्दा पहिला यो मौका लाई इनोवैटिव, उन्नत र चिरस्थायी कन्टिन्जन्सी प्लान बनाएर अविच्छिन्न रुपमा व्यपार प्रबर्धन को लागि तैयार अवस्था मा बस्नु पर्ने देखिन्छ ।
लेखक, लेखनाथ गैरे
लेखक युवा व्यवसायी, बिजनेस ऐनलिस्ट तथा कन्सल्टेन्ट हुनुहुन्छ । समसामयिक बिजनेस रीसर्च मा लेखक को गहिरो रुचि रहेको छ । लेखकले बेलायेत को कोवेंट्री विश्वविद्यालयबाट इनोवैटिव मैनिज्मेन्ट मा एमबीए स्नातकोत्तर उपाधि हासिल गर्नु भएको छ। गैरे बेलायत को युवा व्यवसायीहरु को संस्था जेन्स यूके ( Graduate Entrepreneurs Nepalese Society ) का पूर्व अध्यक्ष तथा हाल सल्लाहकार हुनुहुन्छ ।
A272C03OCA
6000 Series ???????????????????