मंगलवार २ बैशाख, २०७७
मन्त्रिपरिषद्को बैठकले वैशाख १५ गतेसम्म लकडाउन पुर्याउने निर्णय गरेको छ । आज मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसेको थियो ।
चैत ११ गतेबाट लागू हुने गरी गरिएको देशव्यापी लकडाउनलाई यसअघि २ पटक थपिएको थियो । पछिल्लोपटक चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन वैशाख ३ गतेसम्म रहने निर्णय गरेको थियो ।
पछिल्लो समय काठमाडौंमै बेलायतबाट आएकाहरूमा कोभिड– १९ को संक्रमण पुष्टि भएपछि सरकार बढी गम्भीर भएको छ । ‘यससँगै परीक्षणको दायरा थप बढाउने र स्वास्थ्य मन्त्रालयले तय गरेको ६ टी रणनीतिलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने निर्णय भएको छ । बैठकले लकडाउनको समयावधि थप गर्नेसँगै समस्यामा परेका नागरिकहरूको व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ ।
देशभरि राहत वितरण प्रभावकारी बनाउने, लामो दूरी पार गरेर आफ्नो घर हिंडेका नागरिकहरूलाई विशेष व्यवस्था गर्ने लगायतका निर्णयहरू बैठकले गरेको हो ।
नेपालमा भारतबाट आएकाहरूबाट संक्रमणको जोखिम उच्च देखिएको छ । मंगलवार नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ३ मे अर्थात् वैशाख २१ गतेसम्म लक(डाउन बढाउने घोषणा गरिसकेका छन् । नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ भने १ जना निको भइसकेका छन् ।
आजसम्म नेपालमा पनि १६ जनालाई कोभिड– १९ को संक्रमण पुष्टि भैसकेको छ भने २ जना उपचार पच्चात घर फर्किएका छन ।
pwxklloiyf
??????? ????? ?? ??????? ?????? ? [url=http://www.g90rem3n4g46vr0043wed420ei92u4wls.org/]upwxklloiyf[/url] pwxklloiyf http://www.g90rem3n4g46vr0043wed420ei92u4wls.org/ apwxklloiyf