सोमबार १ बैशाख, २०७७
बेलायतमा कोरोना संक्रमण बढेसंगै सेनाको हेलिकप्टरहरु सबै आपत कालिन प्रयोजनको लागि तयारी अवस्थामा रहेको र एम्बुलेन्स चालकको रुपमा पनि सेनाको सहयोग रही आएको छ।
बिगत २४ घण्टामा ७ सय १७ जनाको ज्यान गएसंगै बेलायतको मृतकको संख्या ११ हजार ३ सय २९ नाघेको छ भने भाइरसको महामारी बडे संगै लडाईको मैदान प्रयोग हुने बेलायतको जल सेना , हवाई सेना लगायत सबै सेनाका हेलिकप्टरहरु तयारी अवस्थामा राखेको कुरा बेलायतको गृहमन्त्रलयले जनाए को छ ।
सेनाको हेलिकप्टरहरु आपतकालीन प्रयोजनमा चाहिने औषधी , डाक्टर तथा नर्सले लगाउने पिपिई , मेसिनरी तथा बिरामी ओसार पसारको लागि प्रयोग गरिने भयको छ र तम तयार अवस्थामा छन् भने दूइ सय सैनिकहरुले एम्बुलेन्स चालकको रुपमा यहाँको विभिन्न राष्ट्रिय स्वस्थ प्रतिष्ठानहरुमा सहयोग गरिरहेका छन् ।
बेलायत कोरोना भाइरसको संक्रमणबाट सर्वाधिक प्रभावित देश मध्ये पाचौ स्थानमा रहेको छ भने हालसम्म संक्रमितको संख्या ८८ हजार ६ सय २१ पुगे सगै संक्रमण बाट मृतु हुनेको संख्या ११ हजार ३ सय २९ जना पुगीसकेको छ ।
6000 Series
??????????????????? 6000 Series