सोमबार २२ असार, २०७७ (Monday July 06, 2020)

अस्ताए चलचित्र क्षेत्रका उज्वल नक्षत्र भट्टराई

सोमबार ३० मंसिर, २०७६ गाेर्खाली न्यूज स‌वाददाता 1438


अस्ताए चलचित्र क्षेत्रका उज्वल नक्षत्र भट्टराई

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको आईतबार राति  निधन भएको छ । अनामनगर स्थित घरबाट ओम अस्पताल लैजाने क्रममा उनको निधन भएको हो ।

अस्पताल ल्याउनासाथ उनको निधन भएको अस्पताल स्रोतले बतायो । हृदयघातबाट निधन भएको हुन सक्ने आशंका गरिए पनि डाक्टरहरुले औपचारिक जानकारी दिएका छैनन् ।परिवारको आग्रहमा भट्टराईको पोष्टमार्टम समेत गरिएन । भट्टराईकी श्रीमती र एक छोरा छन् ।

पारिवारिक स्रोतका अनुसार भट्टराईले १५ वर्षदेखि उच्च रक्तचापको औषधि सेवन गर्दै आइरहेका थिए । 

आइतबार दिनभर कार्यालयको काम र साँझ एउटा निम्तो समेत मान्न भ्याएका उनले आइतबार  दिउँसो बोर्डको वैठक राखेर शनिबार निधन भएका कलाकार दीपक क्षत्रीको अन्त्येष्टिका लागि रकम समेत छुट्याएका थिए भने दिउँसो साढे तीन बजे सञ्चारमन्त्रीसँग भेट गर्न सिंहदरबार पुगेका थिए ।

०४५ सालमा तुलसी घिमिरेको चलचित्र ‘कोसेली’ बाट अभिनय यात्रा सुरु गरेका भट्टराईले पाँच दर्जन जति चलचित्रमा अभिनय गरेका छन् । उनी ८ महिना अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका थिए । उनले थुप्रै चलचित्र निर्माण पनि गरेका छन् । 

भट्टराईको आजै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्यष्टि गरिने छ । त्यसअघि चलचित्र बिकास बोर्डमा श्रद्धाञ्जलीका लागि २ बजेसम्म राखिनेछ ।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?