शुक्रबार १६ जेष्ठ, २०७७ (Friday May 29, 2020)

मायाँमा‍ - गजल

सोमबार ३० मंसिर, २०७६ बलराम पौडेल 1286


मायाँमा‍ - गजल

ढुङा गलेको देखेको छु , मायामा मैले

पानी बलेको देखेको छु , मायामा मैले

 

उभिन्छ छाँया आफूसगैं दिउँसो घाममा

छाँयाले छलेको देखेको छु, मायामा मैले

 

के सक्ला र खै प्रविधिचमत्कार गर्न

मुर्दा चलेको देखेको छु , मायामा मैले

 

सन्सार जित्छन शाशकहरुले सजिलै

शक्ति ढलेको देखेको छु, मायामा मैले

                                                                                                                बलराम पौडेल पुतलीबजार-१४ स्याङ्जा




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?