आईतवार २९ मंसिर, २०७६
मिति २०१९ डिसेम्बर १५ आइतबार अध्यक्ष श्री दीपक श्रेष्ठ को सभापतित्व तथा सचिब श्री गोबिन्द खरेल को सन्चालन मा तेस्रो बैठक बसेको छ।
उक्त बैठक द्वारा जनमानसको चासोको बिषय रहेको नेपाली नागरीकता निरन्तरता, पैत्रिक सम्मति को सुरक्षा तथा लगानी को अधिकार तथा सुरक्षा, गैर आवासीय नेपाली संघ को सदस्यता बन्नु को औचित्य, आवश्यकता तथा अधिकार जस्ता जिज्ञासा प्रत्यक्ष रूपमा राख्न र बुझ्न को लागी “ नागरिकता निरन्तरता” सम्बन्धमा यहि आउदो नयॉ बर्षको आगमन संगै जनवरी ५ तारीख, आइतबार का दिन एक बिर्हत अन्तरक्रिया कार्यक्रम को आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ का केन्द्रीय महासचिव डा. हेमराज शर्मा, नेपाली नागरिकता निरन्तरता अभियान का अभियन्ता बेरिष्टर गोबिन्द बेलबासे, सुरेन्द्र नेपाली श्रेष्ठ ज्यू लगायत यस बिषयमा बिज्ञ हरू ले सम्बोधन गर्नुहुनेछ। बैठकले दोस्रो बैठकद्वारा पारित मनोनीत सदस्य तथा सल्लाहकार हरु लाई सोही अवसर मा स्वागत तथा सम्मान गर्ने पनी निर्णय गरेको छ । कार्यक्रम एम्पाएर हल अल्डरसटमा दिउँसो १२ बजे देखि साझ ७ बजे सम्म रहने भएको छ।
गत सेप्टेम्बर २०१९ बाट निर्वाचित प्रथम (बर्ष २०१९-२०२१) कार्यसमिति ले दुई अढाई महीनाको अवधिमा तीन वटा बैठक बसिसकेको छ जसमध्ये दुई अन्लाईन रहेका छन। इंग्ल्याण्ड राज्य परिषद द्वारा संचालित अन्लाईन बैठकहरु पनि पुर्णतया प्रभावकारी हुने प्रमाणित गरेको छ। यसै बैठकद्वारा कार्यसमिति को कार्यभार तथा जिम्मेवारी को बाँडफ़ांड पनी गरेको छ ।
प्रक्रिया अनुसार निर्वाचित सदस्य श्री प्रकाश न्यौपाने लाई प्रवक्ता चयन गरेको छ साथमा कार्यसमिति लाई विभागीय जिम्मेवारी दिएको छ।
विभागीय जिम्मेवारीहरु निम्न छन:
१- संस्कृति तथा च्यारिटी विभाग - उपाध्यक्ष श्री लाल बहादुर गुरुङ्ग
२- भाषा तथा साहित्य विभाग - सह-सचिब श्री कृष्ण वैद्य
३- खेलकुद तथा युवा विभाग - सह-कोषाध्यक्ष श्री चन्दन गुरुङ्ग
४- महिला तथा विद्यार्थी उत्थान तथा विकास- सदस्य श्रीमती वन्दना के.सी.
मनोनीत सदस्यहरु को चयन पश्चात बाँकी अन्य बिभाग हरु मा पनी ज़िम्मेवारी तय गर्ने कार्यसमिति को निर्णय रहेक़ो छ। बैठकमा अध्यक्ष श्री दीपक श्रेष्ठले गैर आवसीय नेपाली संघ यू के द्वारा सदस्यता कार्ड वितरण गर्ने कार्य इङ्गल्याण्ड राज्य समन्वय परिषद ले जिम्मा लिएको जानकारी गराउनु भयो।कार्डमा पोष्ट कोड नभएको कारणले बितरण गर्न एउटा ठुलो चुनौती रहेता पनि राज्य समन्वय परिषद ले यसको अभिभारा लिएको छ। बैठकद्वारा यस कार्य लाई सम्मान पूर्वक स्वीकार गरिएको छ। गैर आवसीय नेपाली संघ यू के ले मुचुल्का उठाएर राज्य समन्वय परिषद लाई ज़िम्मा दिने भनिएता पनि हाल सम्म कार्ड उपलब्ध हुन नसकेको ले कार्ड बितरण गर्न ढिलाई भैरहेको छ । कार्यक्रममा अध्यक्ष श्री दीपक श्रेष्ठ लगाएत सम्पुर्ण कार्यसमितिले बेलायत बासी सबै नेपालीहरू लाई उपस्थितिको लागी आह्वान गर्नुभएको छ।
??? ?????? ?????? ??? , ????? ??????? ?????, ??????????? ?? ???? ?????? ???????? ?????? ! ktpvwqpcho http://www.g2s30e967r2ieg8z4214g7hz10wfxxt6s.org/ aktpvwqpcho [url=http://www.g2s30e967r2ieg8z4214g7hz10wfxxt6s.org/]uktpvwqpcho[/url]
????????????????
???? ????????????