बिहीबार २० चैत्र, २०७६ (Thursday April 02, 2020)

आलम नख्खु कारागारमा, न्यायधिश र सरकारी वकिलले पनि जिल्ला छाडेपछि, पिडीत झनै त्रासमा

शनिबार ३० कार्तिक, २०७६ गाेर्खाली न्यूज स‌वाददाता 1305


आलम नख्खु कारागारमा, न्यायधिश र सरकारी वकिलले पनि जिल्ला छाडेपछि, पिडीत झनै त्रासमा

बम विष्फोटका घाइतेलाई जिउँदै इँटा भट्टामा हाली हत्या गरेको अभियोग लागेका नेपाली का‌ग्रेसका नेता तथा सा‌‍सद आफताब आलामलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरे लगत्तै जिल्ला  न्यायाधीश दीपकराज ढकाल र जिल्ला न्यायधिवक्ता फणीन्द्रराज कटुवालले शुक्रबारै रौतहट छाडेका छन् ।

आलमले भारतबाट भाडाका अपराधीसमेत जिल्लामा खटाएको गोप्य सूचना आफूले पाएको भन्दै ढकाल र कटवालले शुक्रबारै जिल्ला छाडेका हुन् । जिल्लामा असुरक्षा हुनसक्ने भन्दै उनीहरुले न्याय परिषदमा सरुवा मागेकाे समेत स्रोतले बतायो ।

अदालतमा थुनछेकको बहस चल्दै गर्दा जाहेरवाला र साक्षीलाई धम्की दिने, बन्धक बनाउने र बयान फेर्न लगाउने आलमले न्यायाधिवक्ता र न्यायाधीशलाई समेत विभिन्न माध्यमबाट त्रासमा पारेका थिए ।स्रोतका अनुसार असुरक्षित महसुस गरेर नै उनीहरूले जिल्ला छाडेका हुन् । ‘

आफ्नै चुनाव प्रचारमा जुटेका र आलमका लागि बनिरहेको बम विस्फोट हुँदा घाइते भएकालाई इँटाभट्टामा जलाउने व्यक्तिले जे पनि गर्न सक्ने भन्दै उनीहरूले सरुवा मागेको महान्यायाधिवक्ता कार्यालयका एक अधिकारीले बताए । न्यायाधिवक्ता कटवालमाथि मुद्दा नचलाउन र न्यायाधीश ढकाल माथि आलमलाई साधारण तारेखमा छाड्न  दबाब परेको थियो ।

आलमको विपक्षमा आदेश आए जेसुकै हुन सक्ने सन्देश पनि उनीहरूले पठाएका थिए । आलमले भारतबाट भाडाका अपराधीसमेत जिल्लामा खटाएको सूचनापछि ढकाल र कटवालले हतारहतार जिल्ला छाडेका हुन् । स्रोतका अनुसार उनीहरूको सरुवाबारेको छलफल समेत अघि बढिसकेको छ । 

आलमलाई नख्खु ल्याइयो 

आलमलाई जिल्लामा राख्नसमेत जोखिम हुने देखिएकाले शुक्रबार  नै नख्खु कारागार चलान गरिएको छ । उनलाई शुक्रबार राति १ बजे कडा सुरक्षाका साथ नख्खु कारागार ल्याईएको हो । सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै गृह मन्त्रालयको सहमतिमा उनलाई नख्खु  कारागार ल्याइएको हो ।  सुरक्षाको दृष्टिकोणले उनलाई त्यहाँ राख्नु उपयुक्त नभएमा अन्य कारागारमा स्थानान्तरण गर्न सकिने व्यहोरा अदालतको आदेशमा उल्लेख छ । 

पिडितमा त्रास बढ्यो 

न्यायधिश र सरकारी वकिलले पनि जिल्ला छाडेपछि पीडितहरुमा भने झनै त्रास बढेकाे छ । उनीहरुले आफुहरुको सुरक्षा  व्यवस्था गरिदिन सरकारसँग अनुरोध गरेका छन् । 

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?