बिहीबार २० चैत्र, २०७६ (Thursday April 02, 2020)

बाल गायिका कमला घिमिरेको पहिलो गीत सार्वजनिक- भिडियो सहित

शुक्रबार २९ कार्तिक, २०७६ गाेर्खाली न्यूज स‌वाददाता 1243


बाल गायिका कमला  घिमिरेको पहिलो गीत सार्वजनिक- भिडियो सहित

११ वर्षकै कलिलो उमेरमा दोहोरी गाएर चर्चा कमाएकी चर्चित  बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ नामक  बुधवार सार्वजनिक गरिएको छ ।

कमलाले गाएको पहिलो गीत शुभारम्भ डिजिटल म्युजिक प्रालिले बजारमा ल्याएको हो।  कमला घिमिरे र अमृत सापकोटाको आवाजमा रहेको उक्त गीतको प्रस्तुतकर्ता भने शम्भु कुँवर हुन ।  सापकोटालेनै कमलालाई मिडियामा ल्याएका थिए।

चर्चित सर्जक रमेश बिजिको शब्द र अर्का चर्चित गायक तथा सर्जक खेम सेन्चुरीको लय रहेको गीतमा नेपालका चर्चित चर्चित मोडलहरुको नृत्य समेत रहेको छ। शंकर बिसीको निर्देशन रहेको भिडियोको छायांकन  दुर्गा पौडेल र सुरेश श्रेष्ठले गरेका हुन्। त्यस्तै भिडियो सम्पादन भने बिकाश ज्ञावालीले गरेका छन। 

हाल उनी युटुबमा सर्बाधिक रुचाएकी गायिकामा पर्छिन । हेर्नुस भिडियो 

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?