आईतवार १७ श्रावण, २०७८ (Sunday August 01, 2021)

नेकपाले सिफारिस गर्‍यो नयाँ प्रदेश प्रमुखको नाम

सोमबार १८ कार्तिक, २०७६ गाेर्खाली न्यूज स‌वाददाता 1831


नेकपाले सिफारिस गर्‍यो नयाँ प्रदेश प्रमुखको नाम

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सोमबार बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ ।

पार्टीले सिफारिश गरेका नामहरुमा अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई र शर्मिला त्रिपाठी लगायतका  छन् ।

यद्दपी कसलाई कुन प्रदेशमा  नियुक्त्त गर्ने भन्ने बारेमा भने टु‌गो लागी नसकेकाे बैठकमा सहाभागी नेकपाका एक नेताले बताए । नाम टु‌गो लागे पश्चात सरकारको  सिफारिशमा राष्टपतिले प्रदेश प्रमुखहरुको नियुक्त्ती गर्नेछिन ।

स‌वैधानिक जटिलताका कारण सकेसम्म छिटो प्रदेश प्रमुखको नियुक्त्तिको लागि सिफारिश गरिने बताइएको छ । स‌‍भव भएमा आज बेलुकी सम्म नभएमा भोलिसम्म नयाँ प्रदेश प्रमुखहरुलाई सपथ खुवाइने कार्यक्रम रहेको स्रोतले बतायो । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?