बुधबार १ आश्विन, २०७६
अली अलि नशा तिम्रो,पिलाउन रामप्यारी
बेहोशिमै अधर अधर ,मिलाउन रामप्यारी
बास बस्ने घर छैन भौतारिन्छु यताउति
तिम्रो मनमा एउटा डेरा,दिलाउन रामप्यारी
सबै अङ्ग पुस्ट पुस्ट भर्भराउदी छौ तिमी
बैश ढाक्ने एउटा चोलि,सिलाउन रामप्यारी
दिन भोक रात निन्द्रा छदैं छैन आजभोलि
तिम्रै समिप बसाएर , खिलाउन रामप्यारी
बलराम पौडेल
पुतलिबजार-१४, स्याङ्जा