शुक्रबार १६ जेष्ठ, २०७७ (Friday May 29, 2020)

एनआरएन आइसीसी सदस्य पदमा सालिकराम सापकोटाले दिए उम्मेदवारी

आईतवार १५ भाद्र, २०७६ गोर्खाली न्युज सम्वाददाता 3409


एनआरएन आइसीसी सदस्य पदमा सालिकराम सापकोटाले दिए उम्मेदवारी

लन्डन - आगामी सेप्टेम्बर १४ मा हुन गईरहेको एन आर एन यु के को अधिबेशनमा  सर्वप्रिय र  निरन्तर क्रियाशील व्यक्तित्व सालिकराम सापकोटाले एनआरएन आइ सी सी सदस्य पदमा उम्मेदवारी दिएका छन |

सापकोटाको मुख्य एजेण्डा गैर आवासिय नेपालीहरुको प्रमुख मुद्दा ” नेपाली नागरिकताको निरन्तरता” को मागलाइ अझ सशक्त रुपमा आवाज बुलन्द गरि  सम्बोधन गराउनको लागि जोडदार पहल गर्न साथै एन आर एन प्रति युवाहरुको आकर्षण र सहभागितालाइ जोड दिदैं युवा नेतृत्वको विकास गर्नु रहेको छ । विदेशमा विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका उर्जाशील, कर्मठ, सक्षम एवं गतिशील युवा उम्मेदवार सापकोटाले साे पदमा उमेददवारि दिनुको प्रमुख एजेन्डा युवाजनशक्तिलाइ नेपालको विकास प्रक्रियामा सहभागी गराउने महत्वपूर्ण भूमिका निर्वाह गर्नको लागि आफुले यस पटक एन आर एन आइ सी सी सदस्य पदमा उम्मेदवारी दिएको बताएका  छन्।
सापकोटा २०१५- १७ मा एन आर एन युकेको कार्यकारी सदस्य, प्रेस एण्ड पब्लिकेशन विभागको सचिव, २०१७- १९ का कोषाध्यक्षको प्रत्यासी एवं वर्तमान सल्लाहाकार र सक्रिय सामाजिक संस्थाहरु मध्ये एक “क्याट” (चितवन एड सोसाइटी) नामक च्यारिटी संस्थामा सचिव हुँदै हाल उपाध्यक्षको जिम्मेवारी सम्हाली रहनुभएको छ| सापकोटाले  जेन्स यु के (ग्राजुएट इन्टरप्रेन्युइर नेपालिज सोसाइटी) का संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार छन् ।
एन आर एन यु के को आगामी अधिवेशनमा सम्पूर्ण बेलायतवासीले आफ्नो अमुल्य मत दिएर जिताउनेमा सापकोटा आशावादी छन् ।  सापकोटाले २०१७ -१९ मा एन आर एन युकेको राज्य समन्वय विभागमा समेत रहेर सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?