शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

भारतीय जहाजलाई पाकिस्तानी आकाशको अवरोध हट्यो

मंगलवार ३१ असार, २०७६ एजेन्सी 1636


भारतीय जहाजलाई पाकिस्तानी आकाशको अवरोध हट्यो

विगत साढे चार महिनादेखि भारतीय जहाजका लागि बन्द रहेको पाकिस्तानको आकाश खुला भएको छ।

गत  फेब्रुअरीमा भारतले पाकिस्तानको बालाकोटमा हवाइ आक्रमण गरे पछि कुनै पनि भारतीय जहाजलाई पाकिस्तानले आफ्नो अकाशमा उड्न दिएको थिएन।

पाकिस्तानले विभिन्न समयमा सूचना निकाल्दै र समय थप्दै आफ्नो आकाश बन्द भएको जानकारी गराउँदै आएको थियो।

गत जुन २८ मा अन्तिममा सूचना निकाल्दै १२ जुलाईसम्म एयरस्पेस बन्द भएको जानकारी गराएको पाकिस्तानले त्यसपछि भने समय सीमा नबढाउने भएको छ। जुलाई १२ पछि दुई देशका अधिकारीबीच कर्तारपुरमा वार्ता भएको थियो। उक्त वार्तामा पाकिस्तान मंगलबारदेखि भारतीय जहाजलाई आफ्नो आकाशमा उड्न दिन सहमत भएको हो।  

यसअघि भारतीय जहाजले पाकिस्तानी आकाशको बाटो हुँदै सातामा ३६ पटक युरोप तथा अमेरिका उडान गर्थे।

पाकिस्तानको उक्त अवरोधले भारतीय जहाजलाई ओमन वा इरान हुँदै घुम्नु परेको थियो। यसले भारतबाट युरोप तथा अमेरिकाको सिधा उडानमा २ घन्टा समय थपिएको थियो।

पाकिस्तानको उक्त अवरोधबाट भारतको राष्ट्रिय ध्वजावाहक एयर इन्डियालाई दैनिक तीन करोड भारूसम्म व्ययभार थपिएको थियो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?