शुक्रबार १६ जेष्ठ, २०७७ (Friday May 29, 2020)

विश्वभरका ७ सय ३७ वोइङमा विङ्ग स्लट्स समस्या, जुनसुकै बेला समस्या आउनसक्ने

बुधबार २२ जेष्ठ, २०७६ एजेन्सी 1338


विश्वभरका  ७ सय ३७ वोइङमा  विङ्ग स्लट्स समस्या,  जुनसुकै बेला समस्या आउनसक्ने

अमेरिकी विमान निर्माता कम्पनी बोइङले ७३७ विमानका पखेटामा समस्या आउन सक्ने चेतावनी दिएको छ । बोइङले संसारभरका ३ सय भन्दा बढी विमानमा ‘विङ्ग स्लट्स’ भनिने भागमा हुनसक्ने सम्भावित त्रुटी पत्ता लगाएको जनाएको छ । विङ्ग स्लट्सले उडान र अवतरणका समयमा विमानको गतिलाई व्यवस्थापन गर्छ ।

अमेरिकाको संघीय उड्डयन प्रशासनिक प्राधिकरणले प्रभावित भागहरू असफल हुन वा चर्कन उल्लेख गरेको छ । अनुपयुक्त निर्माण प्रक्रियाका कारण यस्तो समस्या देखा परेको प्राधिकरणले जनाएको छ ।

बोइङ कमर्सियल एयरप्लेन्सका अध्यक्ष तथा प्रमुख कार्यकारी केभिन म्याक्लिस्टरले भनेका छन्, ‘समस्या पहिचान र ती प्रतिकूल कुराहरूलाई प्रतिस्थापन गर्न हामी हाम्रा ग्राहकलाई हर तरहले सहायता गर्न प्रतिबद्ध छौं ।’

बोइङको पखेटामा सम्भावित समस्याबारे समाचार आएलगत्तै मंगलबार सो कम्पनीको शेयर मूल्यमा १ दशमलव ६ प्रतिशतले गिरावट आएको थियो तर पछि त्यसमा सुधार भएर शेयर कारोबार बन्द हुँदा ०.८ प्रतिशत भएको छ ।

इथियोपियन एयरलाइन्सको विमान ७३७ म्याक्स दुर्घटना भएपछि सो विमानको उडान संसारभर बन्द गरिएको छ ।
गत वर्षको अक्टोबरमा इन्डोनेशिया र यसै वर्षको मार्चमा इथियोपियन एयरलाइन्सको विमान दुर्घटना हुँदा ३ सय ४६ जनाको मृत्यु भएको थियो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?