बिहीबार २० चैत्र, २०७६ (Thursday April 02, 2020)

आक्रामक व्यापार गर्दै दालभात तरकारी

आईतवार २२ बैशाख, २०७६ गोर्खाली न्युज सम्वाददाता 1246


आक्रामक व्यापार गर्दै दालभात तरकारी

शुक्रबारदेखि रिलिज भएको मह जोडीको चलचित्र  ‘दाल भात तरकारी’ले तेस्रो दिनसम्म आइपुग्दा  देशैभर आक्रामक व्यापार गरेको छ । काठमाण्डौको गोपिकृष्ण, अष्टनारायणदेखि मल्टिप्लेक्समा दर्शकको उपस्थिती खचाखच भएपछि चलचित्रको कास्टिग‌ं नै आक्रामक भएको हो ।
शनिबार विदाको दिन भएकोले बिहानैबाट सबैभन्दा ठूलो चेन मानिने क्यूएफएक्सका २४ शोजमै दर्शकको उपस्थिती बाक्लो थियो । आइतबार पनि साँझको शो मा दर्शकले राम्रो उपस्थित जनाउने निर्माताले अपेक्षा गरेका छन् ।

अमेरिका जाने सपना बुनेको एक परिवारको कथालाई यो चलचित्रले हाँस्य शैलीमा प्रस्तुत गरेको छ । चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, बर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका छ ।

समिक्षागत रुपमा मिश्रित प्रतिक्रिया पाइरहेको चलचित्र हेरेर निस्किएका दर्शकले यसलाई राम्रो भनेका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?