आईतवार १७ श्रावण, २०७८ (Sunday August 01, 2021)

नेपाल प्रवर्द्धन गर्न बुद्धजयन्तीको अवसरमा लण्डनमा बिशेष कार्यक्रमको आयोजना गरिने

बुधबार ४ बैशाख, २०७६ गोर्खाली न्युज सम्वाददाता 1510


नेपाल प्रवर्द्धन गर्न बुद्धजयन्तीको अवसरमा लण्डनमा बिशेष कार्यक्रमको आयोजना गरिने

लण्डन : बुद्द जयन्तीको अवसर पारेर बुद्ध फाउन्डेशन यूके र कपिलबस्तु समाज यूकेको संयुक्त आयोजनामा तथा नेपाली राजदुताबास लण्डन, नेपाल पर्यटन बोर्ड नेपाल र गैर आवासीय नेपाली संघको सहकार्यमा आगामी बैशाख २९ गते अर्थात मे  १२ को दिन ट्राफलगर स्क्वायर लण्डनमा बिशेष  “बुद्ध जयन्ती” समारोहकाे आयोजना गरिने भएको छ  ।

बेलायत स्थित सम्पूर्ण संघ संस्था तथा ब्यक्तिहरूको सहयोगमा   साे कार्यक्रमको  आयाेजना गरिन लागेको कपिलवस्तु समाजका अध्यक्ष महेन्द्रबिक्रम  कुवंरले बताउनुभयो ।

अहिसां तथा विश्वशान्तिका प्रवर्तक भगवान गौतम बुद्धको सन्देश विश्वमा फैलाउन तथा गाैतम बुद्ध नेपालमा जन्मिएका हुन भन्ने सन्देश  दिन उक्त कार्यक्रमको आयोजना गरिन लागेको आयोजकले बताएका छन् । साथै साे कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन गरिने समेत आयोजकको दावी छ ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?