बुधबार ४ बैशाख, २०७६
नयाँ बर्षको अवसरमा लमजुङको राईनास नगरपालिका स्थित सनराईज युथ क्लबले आयोजना गरेको बृहत खुल्ला फुटबल प्रतियोगिता बैशाख १ गते देखी सुरु भएको छ ।
राईनास-५, तिनपिप्लेमा सुरु भएको प्रतियोगिताको माननिय संघीय मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले भव्य समारोह वीच उद्धाटन गर्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख तथा स्थानीय र प्रदेशका सबै पार्टीका प्रतिनिधिकाे उपस्थिति थियाे भने स्थानियकाे उपस्थिति समेत उल्लेख्य थियाे ।
बैशाख ५ गते सम्म चल्ने प्रतियोगिताको विजेता र उपविजेता टिमले नगद रु. ५१,००० र ३१,००० का साथै मेडल तथा प्रमाण पत्र पुरस्कार स्वरुप प्राप्त गर्नेछन् भने सेमिफाईनलसम्म पुग्ने टिमलाई नगद रु. ७ हजार तथा मैत्रीपूर्ण खेलका विजेतालाई लोकल कुखुराकाे भाले पुरस्कार दिईने अध्यक्ष हरेराम अधिकारीले बताए ।
प्रतियोगितामा राईनास नगरपालिका र छिमेकी गाउँपालिका एवम् नगरपालिका तथा छिमेकी जिल्ला तनहूँ तथा गाेरखा तथा चितवनका गरी ३० समूहले प्रतिस्पर्धा गरिरहेको आयोजकले बताएका छन् ।
प्रतियोगिताको लागत अनुमान कुल ४ लाख २० हजारको रहेकाे छ ।
???????? ???? ?????? ??? ???? ???? ???? ?????? ????? ??????????? ???? aomkrvwyzkn [url=http://www.g90n380hv5grdim9v8gy2g454kk6923ps.org/]uomkrvwyzkn[/url] omkrvwyzkn http://www.g90n380hv5grdim9v8gy2g454kk6923ps.org/
A362L03SP Hydraulic Press Machine For Steel Door Skin Embossing
???????????
Jiangsu Huada Centrifuge Co., Ltd. 5M0506NAPPADECOROFIAMMANERO