शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

हिरो मोटाेकर्पले भित्र्यायो आइथ्रीएस प्रविधिसहितको ‘डेस्टिनी १२५’ स्कूटर

मंगलवार ३ बैशाख, २०७६ गोर्खाली न्युज सम्वाददाता 1550


हिरो मोटाेकर्पले भित्र्यायो आइथ्रीएस प्रविधिसहितको  ‘डेस्टिनी १२५’  स्कूटर

काठमाडाैँ । नेपाली बजारमा हिराे कम्पनीकाे माेटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको  हिरो मोटाेकर्प लिमिटेडले नेपाली बजारमा आइथ्रीएस प्रविधिसहितको स्कूटर ‘डेस्टिनी १२५’ भित्राएको छ ।

हिरो मोटाेकर्प लिमिटेडले मंगलबार काठमाडाैँमा पत्रकार सम्मेलन गरी आइथ्रीएस प्रविधिसहितको फेमिली स्कूटर डेस्टिनी १२५  नेपाली बजारमा ल्याएकाे जानकारी दिएको छ ।

ग्राहकको चाहनालाई ध्यानमा राखेर आइथ्रीएस प्रविधिजडित डेष्टिनी १२५ स्कूटर नेपालमा पनि ल्याइएको कम्पनीका प्रमुख रजत भार्गभले जानकारी दिए । 

डेष्टिनी १२५ स्कूटरको मूल्य भ्याटसहित २ लाख ६ हजार राखिएको छ । भारतीय बजारमा बिक्री खुला गरिएको सो स्कूटरको लोकप्रियता बढेर गएकाले नेपालमा पनि त्यसलाई भित्र्याइएको दाबी गरिएको छ । नेपाली बजारमा पनि यो स्कूटर माग उच्च हुने अपेक्षा कम्पनीले लिएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?