बिहीबार २० चैत्र, २०७६ (Thursday April 02, 2020)

राईनासको सनराईज युथ क्लबले बृहत खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्ने

मंगलवार २६ चैत्र, २०७५ उज्वल खनाल 1709


राईनासको सनराईज युथ क्लबले बृहत खुल्ला फुटबल प्रतियोगिता  आयोजना  गर्ने

नयाँ बर्षको अवसरमा लमजुङको राईनास नगरपालिका स्थित सनराईज युथ क्लबको आयोजनामा  बृहत खुल्ला फुटबल प्रतियोगिता गरिने भएको छ ।

७६ बैशाख १ गतेदेखी सुरुहुने प्रतियाेगिता राईनास-५, तिनपिप्लेमा हुन लागेको क्लबका अध्यक्ष हरिराम अधिकारीले बताएका छन् । प्रतियोगिताको विजेता र उपविजेता टिमले नगद रु. ५१,००० र ३१,००० का साथै मेडल तथा प्रमाण पत्र पुरस्कार स्वरुप प्राप्त गर्नेछन् भने सेमिफाईनलसम्म पुग्ने टिमलाई नगद रु. ७ हजार दिईने अध्यक्ष अधिकारीले बताए ।

 प्रतियोगितामा राईनास नगरपालिका र छिमेकी गाउँपालिका एवम् नगरपालिका तथा छिमेकी जिल्ला तनहूँ तथा गाेरखाका  क्लबहरु तथा खेल समूहरुले समेत प्रतिस्पर्धा गर्ने आयोजकले बताएका छन् । 

प्रतियोगिताको लागत अनुमान कुल ४ लाख २० हजारको रहेकाे छ । खेलकाे लागी आन्तरिक तयारी अन्तिम चरणमा पुगेकाे खेल तयारी समितिले जनाएको छ ।

 

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?