आईतवार १७ श्रावण, २०७८ (Sunday August 01, 2021)

अनेरास्ववियूका कार्यवहाक अध्यक्षको जिम्मेवारी सुरेन्द्र बस्नेतलाई

सोमबार २५ चैत्र, २०७५ गोर्खाली न्युज सम्वाददाता 1441


अनेरास्ववियूका कार्यवहाक अध्यक्षको जिम्मेवारी सुरेन्द्र बस्नेतलाई

काठमाडौं । सत्तारुढ नेकपा निकट अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ विश्व प्रजातान्त्रिक युवा संघको साधारण सभामा भाग लिन भेनेजुएला प्रस्थान गरेपछि उनको अनुपस्थितिमा कार्यवाहक अध्यक्षको जिम्मेवारी सुरेन्द्र बस्नेतले पाएका छन् ।

लाेकप्रिय बिद्यार्थी नेता बस्नेत अनेरास्ववियू क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष हुन् । यसअघि क्रान्तिकारीको संस्थापक प्रवक्ता र सचिवको जिम्मेवारी निर्वाह गरिसकेका बस्नेत क्रान्तिकारीको गत राष्ट्रिय सम्मेलनबाट खुल्ला तर्फबाट सबैभन्दा धेरै मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित भएका थिए ।

क्रान्तिकारी अध्यक्ष तामाङसँगै युवा संघ नेपालका सचिव सन्तोष पौडेल र अनेरास्ववियु प्रवक्ता सुदिप शर्मा पनि भेनेजुएला प्रस्थान गरेका छन् । बस्नेतलाई आजै अध्यक्ष तामाङले कार्यवाहक अध्यक्षको पत्र दिएका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?