आईतवार १७ श्रावण, २०७८ (Sunday August 01, 2021)

सर्वोच्चको न्यायधिशमा सिफारिस पाँच जनाविरुद्ध उजुरीआह्वान

बिहीबार २१ चैत्र, २०७५ गोर्खाली न्युज सम्वाददाता 1444


सर्वोच्चको न्यायधिशमा सिफारिस पाँच जनाविरुद्ध उजुरीआह्वान

काठमाडौँ – संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा गत मंगलबार सिफारिस भएका पाँच जनाविरुद्ध उजुरी आह्वान  गरेको छ ।

न्याय परिषद्को सिफारिसमा परेका व्यक्तिका योग्यता र क्षमताबारे प्रश्न उठिरहेका बेला समितिले संसदीय सुनुवाई प्रक्रिया अघि बढाएको हो । समितिले प्रस्तावित न्यायाधीशबारे कुनै उजुरी भए समितिको सचिवालयमा दर्ता गर्न १० दिनको समय दिएको छ ।

गत मंगलबार बसेको न्याय परिषद बैठकले उच्च अदालत पाटनका मुख्यन्यायाधीश प्रकाश ढुंगाना र उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्मालता माथेमा र वकिलबाट वरिष्ठ अधिवक्ता कुमार रेग्मी, हरि फुयाँल र मनोजकुमार शर्मालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।

वकिल समूहबाट सिफारिस भएका व्यक्तिप्रति कानुन व्यवसायीहरुले नै असन्तुष्टि जनाइ रहेका बेला उनीहरु विरुद्ध के कस्ता उजुरी पर्ने हुन्  चासोको विषय बनेको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?