बुधबार २२ मंसिर, २०७८ (Wednesday December 08, 2021)

सर्वोच्च तथा उच्च अदालतमा न्यायाधीश नियुक्त्तिका लागी नाम सिफारिस (को को परे त ? नामावली सहित)

मंगलवार १९ चैत्र, २०७५ गोर्खाली न्युज सम्वाददाता 1827


सर्वोच्च तथा उच्च अदालतमा न्यायाधीश नियुक्त्तिका लागी नाम सिफारिस (को को परे त ? नामावली सहित)

न्याय परिषदले उच्च तथा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त्तिका लागी नाम सिफारिस गरेको छ । जसमा सर्वोच्चका लागी ५ जना तथा उच्चका लागी १८ जना रहेका छन् ।

सर्वोच्चका लागी न्यायाधीश सिफारिस हुनेमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना, उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्मालता माथेमा  र कानून व्यवसायी मध्येबाट पूर्व महान्यायाधिवक्ता एवम् वरिष्ठ अधिवक्ता  हरि फुयाँल र कुमार रेग्मी छन् भने अधिवक्त्ता बाट डा‍‍ मनोजकुमार शर्मा पनि छन्।

प्रगतिशील खेमाबाट फुयाँल र शर्मा तथा लोकतान्त्रिक खेमाबाट रेग्मी सिफारिस भएका हुन् । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला फुयाँल महान्यायाधिवक्ता नियुक्त भएका थिए ।

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका ५ जना मध्ये दुई जना प्रधानन्यायाधीश हुने लाइनमा हुनेछन् । कुनै अवरोध भएन भने फुयाँल र रेग्मी दुबै प्रधानन्यायाधीश हुनेछन् ।

अहिले चोलेन्द्र शम्शेर जबरा प्रधानन्यायाधीश छन् । उनीपछि प्रधानन्यायाधीश हुने रोलक्रममा हरिकृष्ण कार्की, विश्वभर प्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउत र पर्छन् । त्यसपछि सपना मल्ल,
कुमार रेग्मी र हरि फुयाँल प्रधान प्रधानन्यायाधीश हुने रोलक्रममा आउनेछन् ।

उच्चमा पनि १८ जना नियुक्त्त

न्याय परिषदले उच्च अदालतमा १८ जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।

मंगलबार बसेको बैठकले न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतबाट ३ जना, साविक पुनरावेदन अदालतको अतिरिक्त न्यायधीश एक जना, जिल्ला न्यायाधीशबाट ६ जना र कानून ब्यवसायीमध्येबाट ७ जनालाई उच्च अदालतको न्यायाधीश सिफारिस गरेको हो ।

न्यायाधीश सिफारिस हुनेहरुमा न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतबाट नायव महान्यायाधिवक्ता किरण पौडेल, सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्याय, सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव रमेश ढकाल रहेका छन् । साविक पुनरावेदन अदालतकी पूर्वअतिरिक्त न्यायाधीश निलम पौडेल पनि उच्च अदालतको न्यायाधीश सिफारिसमा परेकी छन् ।

जिल्ला न्यायाधीशबाट गोरखा जिल्ला अदालतका राजेशकुमार काफ्ले, रौतहटका लेखनाथ ढकाल, चितवनका कुलप्रसाद शर्मा, भक्तपुरका महम्मद जुनेद आजाद, ललितपुरका बालमुकुन्द दवाडी र पर्साका नगेन्द्र लाल कर्ण पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।

अधिवक्ता मध्येबाट ७ जना मुख्य न्यायाधीशमा नियुक्त भएका छन् । जसमा जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, विमल सुवेदी, रेणुका शाह, डालकुमार खड्का, उज्वल शुक्ल, नवराज थपलिया रहेका छन् ।

न्यायपरिषदले उच्च अदालतका न्यायाधीश उमेशराज पौडेल सेवानिवृत्त भएपछि नियुक्ति पाउने गरी अधिवक्ता अञ्जु उप्रेती ढकाललाई न्यायाधीश सिफारिस गरेको छ । पौडेलले २०७६ वैशाख ३ गते अवकाश पाएपछि रिक्त हुने पदमा उप्रेतीलाई नियुक्त गर्न लागिएको न्यायपरिषद निर्णयमा उल्लेख छ ।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?