आईतवार २ माघ, २०७८ (Sunday January 16, 2022)

नेपाल बारको केन्द्रीय कार्य समितीको चुनाव भोली हुँदै, सबै तयारी पुरा

शुक्रबार १५ चैत्र, २०७५ गोर्खाली न्युज सम्वाददाता 1504



काठमाडौ - कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएशनको केन्द्रीय कार्य समितिकाे नयाँ नेतृत्वको चयन गर्न  भोली शनिवार चैत १६ गते चुनाव हुँदैछ । यसकाे लागी आवश्यक सम्पूर्ण तयारी पुरा भएकाे निर्वाचन समितिले जनाएको छ । 

बारकाे नेतृत्वकाे लागी प्रजातान्त्रिक कानून ब्यवसायीहरुको समूहबाट बरिष्ठ अधिवक्त्ता सुनिल कुमार पाेखरेलले गरेका छन् भने प्रगतीशील पेशागत समूहकाे नेतृत्व वरिष्ठ अधिवक्त्ता चण्डरेश्वर श्रेष्ठले गरेका छन् ।

प्रजातान्त्रिक कानून व्यवसायी समूहका अधिवक्ता पोखरेलको नेतृत्वमा उपाध्यक्ष महिलातर्फ कविता थापा (कार्की) छन् । यस्तै प्रदेशतर्फको उपाध्यक्षमा प्रदेश १ मा डिल्लीबहादुर कार्की, २ मा सुधीरकुमार कर्ण, ३ मा राजेश्वर अधिकारी, ४ मा निरञ्जनलाल राजभण्डारी, ५ मा सुनिलकुमार श्रेष्ठ, ६ मा उत्तमप्रसाद आचार्य र प्रदेश ७ मा ठेकेन्द्रराज जोशी सहितको प्यानल चुनावी मैदानमा उत्रेको छ ।

प्रगतीशील पेशागत कानून व्यवसायी समूहका श्रेष्ठको नेतृत्वमा उपाध्यक्ष महिलातर्फ रक्षा बस्याल  छिन् । यस्तै प्रदेशतर्फको उपाध्यक्षमा प्रदेश १ मा मान बहादुर रुम्दाली, २ मा रामचन्द्र सिह‌, ३ मा ईश्वरी प्रसाद भट्टराई, ४ मा सुरेन्द्र थापा मगर, ५ मा लिलाधर अधिकारी, ६ मा मिनबहादुर महत र प्रदेश ७ मा उमेश प्रसाद विष्ट  सहितको प्यानल चुनावी मैदानमा उत्रेको छ ।

निर्वाचनमा ६४ ले उम्मेदवारी दिएका छन । नेपाल बार एसोसियसनमा २५ सदस्यीय कार्यसमितिमा १३ पदाधिकारी र १२ सदस्य रहने व्यवस्था छ ।

कसले मार्ला बाजी

निर्वाचनमा मुख्य दुइ समूहका उम्मेदवारहरुले आफुहरुले जित्ने बताएका छन् । विश्लेशक हरुका अनुसार यस पटककाे निर्वाचनमा प्रगतीशील तथा पेशागत समूहका चण्डेश्वर श्रेष्ठको प्यानल राम्रो भएकोले उनीहरुको स‌ंभावना बलियो भएको  बताइएको छ ।

 

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?