शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

काठमाडौं उपत्यका लगायत देशभरी होलीको रौनक

बुधबार ६ चैत्र, २०७५ गोर्खाली न्युज सम्वाददाता 1722


काठमाडौं उपत्यका लगायत देशभरी होलीको रौनक

सत्यमाथि सत्यको विजय उत्सवको रूपमा रङ दलेर मनाउने गरिएको हाेली पर्व बुधबार हिमाली र पहाडी जिल्लाहरु तथा विदेशमा समेत हर्षोल्लासका साथ होली मनाइँदैछ ।

बसन्त ऋतुसँगै आउने होली हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाइन्छ । शुक्ल पूर्णिमाभन्दा एक साता अगाडि काठमाडौंको वसन्तपुरमा चीर ठड्याएपछि होली सुरु भएको मानिन्छ ।

आपसमा खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ । होली पर्वलाई मेलमिलाप र सदभावको पर्वको रुपमा पनि लिइन्छ । विभिन्न रङ, अबिर र लोला खेलेर होली मनाउने परम्परा भएता पनि काठमाडौ‌मा भने पानी र लाेला हान्ने चलन  बढी छ ।

होली पर्व असत्यमाथि सत्यको विजय उत्सवको रूपमा रङ दलेर मनाउने गरिएको धार्मिक मान्यता छ । आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्दार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउने गरिएको बताइन्छ ।। चीर स‌गै‌ झुन्ड्याइएका रंगीचंगी कपडाका टुक्रा तीनतले चीर होली पूर्णिमाको भोलिपल्ट जलाइने प्रचलन छ ।

होलीलाई मर्यादित र सभ्य बनाउन प्रहरीले सक्रियता पूर्वक सुरक्षा व्यवस्था मिलाईरहेकाे छ । विगतका वर्षजस्तो यस वर्ष होली पूर्णिमाको एक साता अगाडि देखि नै सडकमा हिँड्नेहरुलाई लोला हान्ने क्रम रोकिएको छ । दुर्घटनारहित होली बनाउने उद्देश्यले ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका ७७ स्थानमा जाँचको व्यवस्थासमेत मिलाएको छ । हालसम्म कतैपनि अप्रिय घट्ना नभएको प्रहरीले बताएकाे छ ।

होलीको अवसरमा बिभिन्न संघसंस्थाले होली विशेष कार्यक्रम आयोजना गरेका छन् । काठमाडौ‌का सडकमा ह्यपी होली लेखिएका सेता टीसर्ट लगाएका युवायुवतीहरुले होली खेल्दै हिडेकाे रमाइलो दृष्य देख्न सकिन्छ ।

तराई मधेसका जिल्लामा भने भोलिपल्ट होली मनाइन्छ । यी दुवै दिनहरुमा २ नं प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?