शुक्रबार १६ जेष्ठ, २०७७ (Friday May 29, 2020)

संसद बैठकमा ३ मिनेट ढिलो पुगेकोमा जापानी मन्त्रीको राजीनामा माग

आईतवार १२ फाल्गुन, २०७५ एजेन्सी/ बीबीसी 1329


संसद बैठकमा ३ मिनेट ढिलो पुगेकोमा जापानी मन्त्रीको राजीनामा माग

जापानका ओलिम्पिक्स मामिलासम्बन्धी मन्त्री योशीताका साकुरादा संसदीय बैठकमा ढिलो पुगेपछि विपक्षी सांसदहरुले विरोध गर्दै बैठक बहिस्कार गरेका छन् ।

बिहिबार बजेट समितिको बैठकमा मन्त्री साकुरादा ३ मिनेट ढिलो पुगेपछि उनीहरुले कार्यालयप्रति अपमान गरेको भन्दै पाँच घण्टा बैठक बहिष्कार गरेका हुन् । 

मन्त्री साकुरादाले श्रृंखलाबद्ध रुपमा गल्ती गरेको विपक्षी सांसदहरुले आरोप लगाएका छन् । उनी विवादास्पद अभिव्यक्तिका कारण बारम्बार विवादमा आइरहेका छन् ।

उनले गत साता पौडीबाज रिकाको इकिलाई ल्युकेमिया रोग लागेको कारण आफू दुखी भएको अभिव्यक्ति दिएपछि उनको आलोचना भएको थियो । उनले भनेका थिए, ‘सन् २०२० को टोकियो गेम्समा उनले स्वर्णपदक ल्याउने सम्भावना थियो । उनीप्रति हाम्रो ठूलो आशा थियो । म निराश भएको छु ।’उक्त अभिव्यक्तिपछि उनले क्षमा पनि मागेका थिए । 

साथै, सन् २०१६ मा पनि उनले दोस्रो विश्व युद्धताका जापानी सैनिकलाई मनोरञ्जन गराउन बाध्य पारिएका कम्फर्ट विमेन भनिने महिलाहरूलाई व्यावसायिक वेश्याको संज्ञा दिएपछि आलोचित बनेका थिए।

अनि गत वर्ष साइबर सुरक्षा मामिलाको समेत जिम्मेवारी सम्हालेका साकुरादाले आफूले कहिल्यै कम्प्युटर नचलाएको र सधैँ कर्मचारीको सहयोग लिने गरेको बताएका थिए। विपक्षीहरूले बारम्बार उनको राजीनामा माग गरेका छन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?