आईतवार १७ श्रावण, २०७८ (Sunday August 01, 2021)

बेलायती रक्षा राज्यमन्त्री बुधबार नेपालआउँदै

मंगलवार ७ फाल्गुन, २०७५ गोर्खाली न्युज सम्वाददाता 1507


बेलायती रक्षा राज्यमन्त्री  बुधबार  नेपालआउँदै

बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकेष्टर नेपालको चार दिवसीय भ्रमणका लागि बुधबार नेपाल आउन लागेको बेलायती राजदूतवासले जनाएको छ।

मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन तथा नेपाल र संयुक्त अधिराज्यबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले ल्याङकेष्टर नेपाल आउन लागेको बताईएको छ।

 ४ दिने नेपाल बसाईका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली प्रधानसेनापति पूर्णचन्द्र थापा सँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेकाे बेलायती राजदूतवासले जनाएको छ।   




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?