आईतवार २ माघ, २०७८ (Sunday January 16, 2022)

विश्वका घुम्नलायक शहरको पाचौं स्थानमा काठमाडौं

आईतवार ५ फाल्गुन, २०७५ गोर्खाली न्युज डेस्क 1956


विश्वका घुम्नलायक शहरको पाचौं स्थानमा काठमाडौं

काठमाडौं । लोन्ली प्लानेटले निकालेको १० उत्कृष्ट शहरहरुको सूचीमा विश्वका घुम्नलायक १० उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौं  पाँचौ स्थानमा परेको छ ।

पहिलो नम्बरमा डेनमार्कको राजधानी कोपनहेगन यथावत छ । दोस्रोमा चीनको सेनजेन, तेस्रोमा सर्वियाको नोभिसाद, चौथोमा अमेरिकाको मियामी परेको छ ।

यस अघि जस्तै काठमाडौंले मेक्सिको सिटी, सेनेगल, अमेरिकाको सिटल, क्रोएसिया र मोरक्कोलाई अहिले पनि पछि पारेको छ ।

सन् २०१५ को भूकम्पले क्षतिग्रस्त बनेको काठमाडौं विस्तारै पुरानै अवस्थामा फर्किन थालेको लोन्ली प्लानेटले उल्लेख गरेको छ ।

क्षतिग्रस्त स्मारक, सम्पदाहरु पुनर्स्थापित गरेर ऐतिहासिक स्थलहरु पुरानै स्वरुपमा फर्कन थालेको उल्लेख गरिएको छ । काठमाडौंमा हटेको हर्नको समस्यालाई पनि उसले आकर्षणको रुपमा चित्रित गरेको छ । भरपर्दो बिजुली सेवा, वाईफाईको सुविधाले पनि काठमाडौंलाई घुम्न लायक बनाएको उसले भनेको छ 

ध्वनि प्रदुषण रोकेर काठमाडौंलाई दशकौं यताकै बस्न योग्य बनाइएको लोन्ली प्लानेटले काठमाडौ‌को बारेमा लेखेकाे सामाग्रीमा उल्लेख छ ।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?