शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

१ अर्ब ५० करोड अमेरिकी डलर ऋण लिँदै एनएमबी बैंक

बिहीबार २ फाल्गुन, २०७५ गोर्खाली न्युज सम्वाददाता 1605


१ अर्ब ५० करोड अमेरिकी डलर ऋण लिँदै एनएमबी बैंक

काठमाडौं- करिब एक महिना अघि डेढ अर्ब ऋण लिएको एनएमबी बैंकले पुनः बेलायत सरकारको मातहतमा रहेको सिडिसी समूहबाट करिब १ अर्ब ६९ करोड ६३ लाख ५० हजार रुपैयाँ -१ अर्ब ५० करोड अमेरिकी डलर) ऋण लिने भएको छ । सो बैंकले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सिडिसीसँग ऋण लिन लागेको हो ।
बैंक र सिडिसी समूहबीच बुधबार ऋण लिने र दिने सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र सिडिसी प्रमुख होल्गेर रोथेनबुस्चले हस्ताक्षर गरेका छन् । प्रमुख कार्यकारी अधिकृत केसीले बैंकले सिडिसीबाट लिएको ऋण पूर्वाधार विकास, कृषि, शिक्षा, साना, लघु कर्जा, पर्यटन र जलविद्युत क्षेत्रमा लगानी हुने केसीले बताउनुभयो । उहाँले सिडिसीबाट लिइने ऋण ३ वर्षअवधिको हुने जानकारी गराउँदै  वैदेशिक लगानी भित्र्याउन एनएमबी बैंकले चालेको कदम कोसेढुङ्गा सावित हुने पनि बताउनुभयो । 'वैदेशिक ऋण भिर्त्याउन एक वर्षघिबाट प्रक्रिया सुरु गरेका थियौं,' केसीले भन्नुभयो, 'अब एक सातामा सिडिसीले दिने ऋण रकम नेपाल आइसक्छ । हामीले सुरुवात गरेपछि अन्य बैंकका लागि पनि विदेशी ऋण ल्याउन सहयोग पुग्ने अपेक्षा लिएका छौं ।' 
एनएमबि बैंकले नेपाल राष्ट्र बैंकबाट जारी बिदेशी लगानी सम्बन्धी नीतिगत व्यवस्थालाई पूर्ण रुपमा उपयोग गरी देशमा फेरि पनि विदेशी लगानी भित्र्याउन सफल भएको जनाउँदै प्रमुख केसीले यस लगानीले विगत लामो समयदेखि देखिदै आएको तरलता समस्या समाधानका लागि सहयोग पुग्ने दावी गर्नुभयो । सिडसी प्रमुख रोथेनबुस्चले एनएमबी बैंकसँग भएको सम्झौता नेपालमा ऋण लगानी गर्ने सुरुवात भएको बताउनुभयो । उहाँले भविश्यमा सिडिसीले अन्य बैंकमार्फ पनि ऋण लगानी गर्न आफूहरु तयार भएको बताउनुभयो । 
एनएमबि बैंकले सिडिसि ग्रुप सहित तीन वटा संस्थाहरुबाट यस प्रकारको कर्जा लागानी भित्र्याइसकेको छ र यस्तो कर्जा लगानी भित्र्याउने एनएमबि बैंक नेपालको पहिलो बैंक हो । साथै, एनएमबि बैंकले बेलायत स्थित फाइनान्सियल टाइम्सबाट लगातार यस वर्षपनि "बैंक अफ दिर् इयर २०१८" को सम्मान प्राप्त गर्न सफल भएको छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?