आईतवार २ माघ, २०७८ (Sunday January 16, 2022)

नयाँ माओवादी जन्मन सक्ने प्रचण्डको संकेत

शुक्रबार २५ माघ, २०७५ गोर्खाली न्युज सम्वाददाता 1412


नयाँ  माओवादी जन्मन सक्ने प्रचण्डको संकेत

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ संघीय व्यवस्थाले आत्मसात गरेका उपलब्धिहरुलाई कार्यान्वयन गर्न वाधा पुर्याउने तथा शान्ति सम्झौता विपरितका कार्य गर्ने षडयन्त्र भए मुलुकमा नयाँ माओवादी जन्मन सक्ने बताउनु भएको छ ।
वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायधिवक्ता मुक्ति नारायण प्रधानद्धारा लिखित जिल्ला समन्वय समिति रुकुम -पश्चिम) द्धारा प्रकाशित न्यायिक समिति, कार्यविधि र प्रक्रिया नामक पुस्तकको विमोचन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
मुलुकलाई वर्तमान अवस्थामा ल्याइ पुर्याउन हजारौं नेपाली जनताले बलिदान गरेको स्मरण गर्दै मुलुकलाई पुरानै अवस्थामा फर्काउन केही तत्वहरु लागी परेको गन्ध आउन थालेको बताउनु भयो । कोही कसैले त्यस्तो धृष्टता गरेमा क्षम्य नहुने र इतिहासले माफी नदिने समेत अध्यक्ष प्रचण्डले बताए ।
पूर्व गृहमन्त्री एवं नेकपा का बरिष्ठ नेता जर्नादन शर्मा प्रभाकरले मुलुकमा नयाँ अध्यायको सुरुवात भएको र गाउँगाउँमा अदालत स्थापना भएको बताउनु भयो । सानातिना विवाद एवं झैझगडाका विषयमा अब जनताले टाढा टाढाका अड्डा अदालत धाउनु पर्ने दिनको अन्त्य भएको बताउनु भयो । 
प्रस्तुत पुस्तकले गाउँपालिका तथा नगरपालिका का उपाध्यक्ष तथा उपमेयर सहितको न्यायिक समितिलाई सहयोग पुरयाउने लक्ष्य राखेकोले उक्त पुस्तकलाई गाउँ गाउँ पुर्याउनु पर्ने बताउनुभयो । 


पूर्व महान्यायधिवक्ता मुक्ति प्रधानद्धारा लिखित उक्त पुस्तकमा स्थानीय तह सम्बन्धी प्रावधान, न्यायिक कारवाही सम्बन्धि अभ्यास, मिलापत्र कार्यान्वयन लगायतका दैनिक कामकाज कसरी संचालन गर्ने भन्ने लगायतका विषयहरु समेटिएका छन् ।
कार्यक्रममा बरिष्ठ अधिवक्ताहरु, अधिवक्ताहरु तथा रुकुम पश्चिमका विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभचिन्तकको बाक्लो उपस्थिती रहेको थियो ।

  
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?