बिहीबार २० चैत्र, २०७६ (Thursday April 02, 2020)

नेपाली क्रिकेट टीमलाई विमानस्थलमा भव्य स्वागत

सोमबार २१ माघ, २०७५ गोर्खाली न्युज सम्वाददाता 1618


नेपाली क्रिकेट टीमलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं । युएईमा सम्पन्न घरेलु टोलीविरूद्धको एकदिवसीय  टी-२० अन्तराष्ट्रिय क्रिकेट सिरिज जितेर स्वदेश फर्किएको  नेपाली  क्रिकेट टोलीलाई विमानस्थलमा राताे कार्पेट बिछ्याएर भव्य स्वागत गरिएको छ ।

युएई विरुद्ध एकदिवसीय र टी-ट्वान्टी सिरिज जित्दै ऐतिहासिक सफलता प्राप्त गर्न सफल नेपाली टोलीलाई  स्वागत गर्न युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिब केशब कुमार बिष्ट, उपाध्यक्ष पिताम्बर तिमल्सिना लगायत विमानस्थलमा पुगेका थिए।

राखेपका सदस्य सचिव केशव विष्टले क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिस गर्ने बताएका छन् । सदस्य सचिव विष्टले भोलि नै प्रत्येक खेलाडीलाई ५ लाख  मन्त्रालयमार्फत प्रस्ताव लैजाने बताए ।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?