बुधबार २१ मंसिर, २०७९ (Wednesday December 07, 2022)

अनसन स्थगित, प्रर्दशन भने जारी

शनिबार १९ माघ, २०७५ गोर्खाली न्युज सम्वाददाता 1813


अनसन स्थगित,  प्रर्दशन भने जारी

चिकित्सा शिक्षा विधेयकमा आफ्ना महत्वपूर्ण माग नसमेटी संसदले पारित गरेकाे भन्दै गत पुस २५ गते देखि अनसनरत डा गोविन्द केसीले नागरिक समाजकाे  दवावमा शुक्रबार अनसन स्थगित गरे पनि सोलिडारिटी फर डाक्टर केसी अलाइन्सले शनिबार पनि माइतीघर मण्डलमा प्रदर्शन गरेकाे छ।

चिकित्सा शिक्षा ऐनमा भएको फेरदबदल विरुद्ध अनशन बसेका डाक्टर गोविन्द केसीको समर्थनमा प्रदर्शन भएको हो। चिकित्सा शिक्षाको क्षेत्रमा सुधारको माग राख्दै १६ पटक डाक्टर केसी अनशनमा बसिसकेका छन्। पछिल्लो अनशन उनले २४ औं दिनमा स्थगन गरेका हुन्। उनका कतिपय मागको विपरीत सत्तारुढ दलले चिकित्सा शिक्षा ऐन पास गरिसकेको छ। 

गत महिना मात्र विवेकशील साझा पार्टीबाट अलग भएको उज्वल थापा नेतृत्वको समूहले  डाक्टर केसीलाई धन्यवाद दिँदै सरकारले संसदमा प्रस्तुत गर्न लागेकाे शान्ति सुरक्षा विधेयकले संविधान प्रदत्त माैलिक हककाे हनन गर्न लागेकाे भन्दै त्यसकाे विरोध समेत गरेको थियो ।  उनीहरुले केसीकाेअनशनको अन्त्य भइनसकेको सन्देश दिने प्ले कार्ड प्रर्दशन  गरेका थिए।  




मतहरू

MyronClubY

all free dating free chat now

JavierSpinc

browse tinder for free , tinder login tinder dating app

Kandy

kin0shki.ru


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?