आईतवार २ माघ, २०७८ (Sunday January 16, 2022)

नाराबाजीकै बीच चिकित्सा शिक्षा विधेयक पास, सदन र सडकबाट आन्दोलन गर्ने प्रतिपक्षीको घोषणा

शुक्रबार ११ माघ, २०७५ गोर्खाली न्युज सम्वाददाता 1635


नाराबाजीकै बीच चिकित्सा शिक्षा विधेयक पास,  सदन र सडकबाट आन्दोलन गर्ने प्रतिपक्षीको घोषणा

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका स‍ंसदहरुको चर्को नारावाजी र अवरोधका बीच अन्तत व्यवस्थापिका संसदले चिकित्सा शिक्षा विधेयक पास गरेको छ ।

प्रतिपक्षी सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए ।कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजे पनि मर्यादापालकले रोष्टममा पुर्‍याए ।
मन्त्री पोखरलले विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरे ।। रोष्टममा पुगेपछि मन्त्री पोखरलेले विजयी भावमा हात हल्लाए भने सत्तारुढ सांसदहरुले ढ्याप ढ्याप गरे ।

 सत्तारुढ दल रोष्टममा जान सक्ने अवस्था नभएका कारणा कसैले पनि छलफलमा भाग लिएनन् ।सभामुखले समय दिएपछि विधेयक पास होस् भन्ने प्रस्ताव पेश गरे र सत्तारुढ नेकपाको बहुमत रहेको संसदले बिधेयक पारित गराएरै छाडयो ।। त्यसबेला कांग्रेस सांसदहरुले नाराबाजीका साथै होहल्ला गरीरहेकै थिए । 

सो कार्यलाई प्रतिपक्षी सांसदहरुले अधिनायकवादको संज्ञा दिएका छन् । शुक्रबारको बै‌ठक प्रति असन्तुष्ट प्रतिपक्षी दल नेपाली कांग्रेसले सडक र सदनबाट आन्दोलन गर्ने बताएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?