आईतवार १७ श्रावण, २०७८ (Sunday August 01, 2021)

थपलियाबाट आर्थिक सहयोग प्रदान

बुधबार ९ माघ, २०७५ गोर्खाली न्युज सम्वाददाता 1401



गोर्खाली न्युज डटकमका स‌ंस्थापक सदस्य  केदार थपलियाले वैवाहिक वर्षगाँठको अवसरमा आँफुले अध्ययन गरेको विद्यालयलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

दुई छोराछाेरी र श्रीमती सहित बेलायतमा बस्दै आएका खैरहनी नगरपालिका वडा न‌ं ८ का थपलियाले आँफुले विद्यालय शिक्षा पुरा गरेकाे चितवनको पर्सा खैरहनी स्थित खैरहनी माध्यमिक विद्यालयमा स्थापित जन्मोत्सव तथा छात्रवृत्ती अक्षय कोषलाई पूर्व विद्यार्थीको हैसियतले मंगलबार  १४ हजार ७ सय रुपै‌या सहयोग प्रदान गर्नुभएको हो ।

जन्मदिन, विवाह, व्रतवन्ध,नयाँ कामको थालनी, व्यवसायको सुरुवात लगायतको अवसर पारेर देश विदेशमा रहेका नेपालीहरुले सहयोगबाट संचालन हुदै आएको  सो अक्षयकोषमा हाल सम्म ९२ लाख रुपैया संकलन भईसकेको  विद्यालयले जानकारी दिएको छ।

 वि.सं. २०६७ सालमा स्थापना गरिएको अक्षयकोषमा यही वर्ष भित्र रु १ करोड पुर्याउने लक्ष्य राखिएको बताइएको  छ । सोही कोषबाट विद्यालयको कक्षा ११ र १२ मा अध्ययन गर्ने गरिब  तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरिदै‌ आएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?