बुधबार २१ मंसिर, २०७९ (Wednesday December 07, 2022)

वाणिज्य बैंकको तीन शाखा थपिए, ३ शाखा स्मार्ट ब्रान्च बन्दै

सोमबार ७ माघ, २०७५ गोर्खाली न्युज सम्वाददाता 1817


वाणिज्य बैंकको  तीन शाखा थपिए, ३ शाखा स्मार्ट ब्रान्च बन्दै

राष्ट्रिय वाणिज्य बैंकले काठमाडौंको बौद्ध, जाजरकोटको भेरी नगरपालिका र रुकुम पूर्व जिल्लाको सिस्ने गाउँपालिका रुकुमकोटमा नयाँ शाखा स्थापना गरी कारोबार शुरु गरेको छ । याे सँगै बैंककाे शाखा कार्यालयहरुको संख्या २ सय १५ पुगेको छ ।

आकर्षक भौतिक पूर्वाधार, चुस्त तथा सहज सेवा र आधुनिक इलेक्ट्रोनिक उपकरणहरुको अधिकतम प्रयोग गर्ने गरी पहिलो चरणमा बैंकका तीनवटा शाखा कार्यालय नक्साल, पुल्चोक र हेटौंडालाई स्मार्ट ब्रान्चको रुपमा शुभारम्भ गरिने बै‌ंकले बताएको छ ।

स्मार्ट ब्रान्चबाट  ३० लाख रुपैंया सम्मका ब्यवसाय कर्जा, २५ लाख रुपैंया सम्मको घर कर्जा, २० लाख रुपैंया सम्मको गाडी कर्जाहरु सबै कागजात प्राप्त भएको सात कार्यदिन भित्र लगानी गरिने बैंकले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण शाखाहरुलाई चरणगत रुपमा स्मार्ट ब्रान्चको रुपमा विकास गर्दै लैजाने योजना रहेकाे जनाएकाे छ ।

बैंकले गत पुसमसान्त भित्रमा सातवटै प्रदेशमा प्रदेश सम्पर्क कार्यालय स्थापना गरिसकेको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?