शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

घुस रकम सहित सहायक रजिष्ट्रार पन्थी पक्राउ

मंगलवार १ माघ, २०७५ गोर्खाली न्युज सम्वाददाता 1562


घुस रकम सहित सहायक  रजिष्ट्रार पन्थी  पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रार कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थीलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । 

सेवाग्राहीसँग एक लाख घुस लिइरहेको अवस्थामा पैसासहित सहायक रजिष्ट्रार पन्थीलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज जारी गरेको बिज्ञप्तीमा जनाएको छ । 

एक विद्यालयको राजश्व बुझाउन पुगेका सेवाग्राहीसँग पन्थीले काठमाण्डौ १४ स्थित एनएमबी बैंङ्कको  पार्किङबाट घुस रकम लिएर छोरी पोषण पन्थीलाई राख्न दिएको अवस्थामा दुवै आमा छोरीलाई पक्राउ गरिएको  बताइएको छ। 

घुस रकमसहित पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?