बुधबार १३ आश्विन, २०७८ (Wednesday September 29, 2021)

आफ्नै बाजा आफ्नै ताल, माईतीघरमा थरीथरी  प्रदर्शन

बिहीबार २६ पुष, २०७५ गोर्खाली न्युज सम्वाददाता 5057


आफ्नै बाजा आफ्नै ताल,  माईतीघरमा थरीथरी  प्रदर्शन

न्याय नपाए गोरखा जानू भन्ने प्राचीन उखान जस्तै अहिले न्याय नपाए माइतीघर जाने चलन बसेको छ । कुनै विषयमा चित्त नबुझे विरोध प्रदर्शन गर्ने काठमाडौंको प्रमुख स्थलको रुपमा माईतीघर मण्डलालाई रोज्ने गरिएको छ । देशको प्रमुख शक्ति केन्द्र सिहंदरबारको नजिक पर्ने भएकोले यहाँ विरोध प्रदर्शन गरे केन्द्रले सुन्छ भन्ने विश्वाश प्रदर्शकारीहरुले गर्छन् । राजनीतिक दल, नागरिक समाज हुन वा विभिन्न पेशागत संघ संगठन सबैको विरोध प्रदर्शनको लागि रोजाईमा पर्छ माईतीघर मण्डला । त्यहि माईतीघर मण्डलामा  विहिबार विभिन्न समूहले विरोध प्रदर्शन गरेका छन् ।
हानको दवाबमुलक कार्यक्रम ३ दिन देखि जारी
हेल्थ अस्टिटेन्ट संघ नेपाल (हान) ले नयाँ संघीयता संरचनामा बन्न लागेको प्रस्तावित दरबन्दी संरचनामा आँफुहरुलाई उपेक्षित गरेको भन्दै विगत ३ दिन देखि बिरोध प्रदर्शन गरिरहेको छ । नेपालभरबाट आएका स्वास्थकर्मीहरुले सिटीईभीटी कौ १५ महिने तालिमबाट आएका र ३ वर्षे शैक्षिक कोर्ष पढेर आएका आँफुहरुलाई एकै हैसियतमा राखेर नयाँ ऐन जारी गर्न लागेकोले सो ऐन संसोधन गर्नुपर्ने माग गरेका छन् । 
संघका उपाध्यक्ष प्रकाश परियारले ३ वर्षे कोर्ष पुरा गरेर आएका हेल्थ असिस्टेन्टहरुलाई शैक्षिक योग्यता र लोकसेवा प्रक्रियामा कदर गर्नुपर्ने, स्वास्थ सेवामा गुणस्तरियताको सुनिश्चितता कायम गर्नुपर्ने, स्वास्थ सेवामा विधिको शाशन कायम गर्नु पर्ने लगायतका माग राखी आँफुहरु ३ दिन देखि दवाबमुलक आन्दोलनमा होमिएको बताए ।
सरकारले आँफुहरुको मागको सम्बोधन नगरेसम्म विरोध जारी रहने उनीहरुले बताएका छन् ।
द्धन्द पिडित सुरक्षाकर्मी परिवारको छुट्टै आन्दोलन
द्धन्द पिडित सुरक्षाकर्मी परिवार संस्थाले सुरक्षाकर्मी तर्फका द्धन्द पिडितहरुको मागका सम्बन्धमा धर्ना कार्यक्रम गरिरहेको छ ।
द्धन्द पिडित सुरक्षाकर्मीका परिवारलाई राज्यले उचित सम्मान गर्नुपर्ने, उनीहरुको मागलाई सैनिक र प्रहरी ऐन मार्फ सम्बोधन गर्नुपर्ने, उनीहरुको सन्तानलाई निशुल्क उच्च शिक्षाको व्यवस्था गरिनुपर्ने, तीन वटै सुरक्षा निकायको सुविधा समान गर्नका लागि गठित अध्ययन कार्यदलको सुझाव प्रतिवेदन कार्यन्वयन गर्नुपर्ने लगायताका माग राखी धर्ना गरिरहेका छन् ।
पृथ्वी जयन्तीमा विदा माग्दै नागरिक समाज
सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा विगत देखि दिंदै आएको पुस २७ को विदा कटौती गरेपछि सो दिनमा र्सार्वजनिक विदा दिनुपर्ने माग गर्दै स्वतन्त्र नागरिक समाजले माइतीघरमा प्रदर्शन गरेको छ ।
राजतन्त्रमा अन्य राजाहरुले जे जसो गरेतापनि पृथ्वी नारायण शाहले नेपाल एकीकरण र राष्ट्रिय एकताका लागि खेलेको भूमिका नेपाली जनताले कहिल्यै भुल्न नहुने भन्दै समाजले र्‍यालीको आयोजना गरको नागरिक समाजका अगुवा दीर्घराज प्रसाईंले बताउनु भयो ।
पुस २७ लाई राष्ट्रिय स्वतन्त्रता दिवसका रुपमा राज्यले र्सार्वजनिक विदा दिनुदिनुपर्ने उनीहरुको माग छ ।

 
 




मतहरू

100kva Generator

China 100kva Generator

Nasal Swab Antigen Test

Nasal Swab Antigen Test

Round To Square

Round To Square

Electric Chain Pulley

Electric Chain Pulley

Dgt Tshirt Printer

Dgt Tshirt Printer

Pcb Printing

Pcb Printing

Die For Machine

Die For Machine

480w 24v din rail power supply

480w 24v din rail power supply

Photovoltaic Water Pump

Photovoltaic Water Pump

12x vibrating egg

12x vibrating egg


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?