शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

नेपाल रेमिर्टस एसोसिएसनमा नयाँ नेतृत्व चयन

बुधबार २५ पुष, २०७५ गोर्खाली न्युज सम्वाददाता 1561


नेपाल रेमिर्टस एसोसिएसनमा नयाँ नेतृत्व चयन

नेपाल रेमिर्टस एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित हुनुभएको छ । गत विहिबार काठमाडौंमा सम्पन्न १३ औं साधारण सभाले पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो । 
साधारण सभाबाट निर्वाचित अन्य पदाधिकारीहरुमा चन्द्र टण्डन-उपाध्यक्ष -सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि) रितेश मित्तल- महासचिव -नेपाल रेमिट इ. प्रा.लि) संजय सिग्देल- कोषाध्यक्ष - सूर्य रेमिट प्रा.लि) इन्द्र शर्मा-सचिव -आइपे रेमिट प्रा.लि ) युमा श्रेष्ठ-सदस्य -हिमालयन बैंक लिमिटेड) प्रविन अधिकारी- सदस्य -युनाइटेड रेमिट प्रा.लि) दीपेन्द्र खनाल- सदस्य -इजी लिकं प्रा.लि) रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष पोखरेलले रेमिटेन्स क्षेत्रका समस्या समाधानमा आफ्नो नेतृत्व निरन्तर क्रियाशील रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।  सबै रेमिटेन्स कम्पनीहरू संगठित भइ आफ्ना समस्याहरू सम्बन्धित निकायसम्म पुर्‍याउने उद्देश्यले बिक्रम सम्वत् २०६० मा नेपाल रेमिर्टस एसोसिएसनको स्थापना गरिएको थियो । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?