आईतवार २ माघ, २०७८ (Sunday January 16, 2022)

आईएमई ट्राभलले सुरु गर्यो चन्द्रागिरिसम्म बस सेवा

शुक्रबार २० पुष, २०७५ गोर्खाली न्युज सम्वाददाता 1565


आईएमई ट्राभलले सुरु गर्यो चन्द्रागिरिसम्म बस सेवा

आइर्एमई ग्रुप अर्न्तर्गत संचालित आइर्एमई ट्राभलले अंग्रेजी नयाँ वर्ष २०१९ को अवसर पारेर पानीपोखरीदेखि चन्द्रागिरि केवलकार वेस स्टेसन सम्म पर्यटकीय सटल बस सेवाको प्रारम्भ गरेको छ ।

साे बस चन्द्रागिरि हिल्स लिमिटेडको सीटी सर्म्पक कार्यालय पानीपोखरी स्थित आइर्एमई कम्प्लेक्सबाट हरेक दिन विहान १० बजे छुट्ने छ । उक्त बस सेवाले लाजिम्पाट, कान्तिपथ, सोह्रखुट्टे, सोल्टीमोड, कलङ्की हुँदै चन्द्रागिरि हिल्स लिमिटेडको बेस स्टेसनसम्म यात्रुहरुाई सेवा प्रदान गरेको छ ।  
साे बस साँझ ४ बजे चन्द्रागिरि हिल्स लिमिटेडको बेस स्टेसनबाट छुटी कलङ्की, सोल्टीमोड, सोह्रखुट्टे, कान्तिपथ, लाजिम्पाट हुँदै पानीपोखरीसम्म आइपुग्ने छ  । चन्द्रागिरि पुग्न इच्छुक स्वदेशी तथा विदेशी पर्यटकहरूको आवागमनलाई सहज बनाउने उदेश्यले  यस्तो सुविधासम्पन्न बस सेवा संचालनमा ल्याएइको आइर्एमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले बताउनुभयो ।

हाल सो बसले चन्द्रागिरि जान चाहने स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा प्रदान गरिरहेको छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?